अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न
अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम...
7th UN Global Road Safety Week को सन्दर्भमा पोखरामा एक भव्य कार्यक्रम सम्पन्न भयो । संचारिका समूह गण्डकी प्रदेशले नासा फाउण्डेसनको सहकार्यमा सम्पन्न ‘Media Role for Rethink Mobility & Cycle Safety and Sustainability’ नामक अन्तरकृयामा सरकारी तथा नागरिक तहबाट गर्नुपर्ने कार्यको बारेमा बृहत छलफल गरियो ।
ग्लोबल NGO Alliance for Road Safety तथा नासा नेपालको सहयोगमा सम्पन्न सो कार्यक्रममा नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता टिकाराम पौडेल, पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिना, नासा फाउण्डेसनकी वोर्ड मेम्बर कमला आचार्य लगायतले आ–आफ्नो कार्यपत्र पेश गरेका थिए ।
त्यसैगरी पोखरा महानगरपालिका, संचारिका समूह, पत्राकार महासंघ तथा मानवअधिकारवादीहरुले समेत दिगो र सुरक्षित यातायातका लागि मिडियाको भूमिका तथा सार्वजनिक यातायातको प्रबर्दनको बारेमा चर्चा गरेका थिए ।
७५ जना मिडियाकर्मी, साइक्लिष्ट र विज्ञहरु सहभागी उक्त कार्यक्रममा पोखरा साइकल सोसाइटीका प्रकास बज्राचार्य तथा संचारिका समूह गण्डकी प्रदेशकी अध्यक्ष कविता श्रेष्ठले सहजीकरण र निष्कर्ष प्रस्तुत गरेका थिए ।
गण्डकी प्रदेशको दिगो, सुरक्षित र वातावरणमैत्री मोविलिटिका लागि यस कार्यक्रमले सकारात्मक अर्थ राख्ने नासा नेपालले जनाएको छ ।
अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम...
काठमाडौं – नेपाल सरकारको तर्फबाट हालै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
पोखरा – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेसनल रोड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...