दशैंमा रेसिङ मुड : ताइवानको सर्किटमा बाइक कुदाउने तयारीमा श्रीहरी
देश दशैं मुडमा छ । नेपालीहरुको महान चाड मानिने दशैंको समयमा सबै आफ्नो काम...
सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि मनाउने सन्दर्भमा टुडिखेलदेखि धुलिखेलसम्म साइकल र्याली र साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी कार्यशाला धुलिखेल नगरपालिकामा सम्पन्न भएको छ । यस वर्षको विषयवस्तु रिथिङ्क मोविलिटी अन्तर्गत आयोजित टुँडिखेल देखि धुलिखेलसम्म साइकल र्याली नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपबाट सुरु भएको थियो ।
भक्तपुर, साँगा, नाला, धुलिखेल लगायतका सम्पदा क्षेत्रहरु अवलोकन गर्दै करिब ४० किलोमिटरको दुरी पार गरि सहभागी साइक्लिस्टहरु धुलिखेल नगरपालिकामा पुगेका थिए । र्याली पश्चात आयोजित कार्यशालामा विभिन्न विज्ञहरुले आफ्ना भनाइ राखेका थिए ।
२०० जना भन्दा बढीको सहभागिता रहेको कार्यशालामा बोल्दै कार्यशाला तथा र्याली संयोजक डा।तारालाल श्रेष्ठले नेपालमा साइकल संस्कृति विकासका लागि साइकल सम्बन्धी कानुनको आवश्यकता रहको बताए । नेपालमा साइकल पूर्वाधार, साइकल शिक्षा, साइकल प्रयोगकर्ताबीच सदभावपूर्ण एकता तथा छाता संगठन निर्माणका लागि पनि साइकल कानुनले निकै ठोस रुपले सघाउने श्रेष्ठको दावी थियो ।

त्यसैगरी नासा नेपालका महासचिव सुशिल ताण्डुकारले इन्जिनियरिङ्ग पक्षबाट सडक सुरक्षाका विषयमाथि प्रकाश पारेका थिए । प्यारा विश्व साइक्लिष्ट तथा स्वर्णपदक विजेता राम अधिकारीले साइकल सुरक्षा र सडक सुरक्षाबारे सहभागीलाई जानकारी दिएका थिए ।
ललितपुरमा करिब ७ सय महिलालाई साइकल प्रशिक्षण प्रदान गर्ने महिला साइक्लिष्ट प्रतिनिधिका तर्फबाट सुनिता गुरुङ, निरु बज्राचार्य र उर्मिला शाक्यले महिलाका लागि घरभित्र र घरबाहिर साइक्लिस्ट बन्नुको चुनौतीबारे बताएका थिए ।
त्यसैगरी कृषि बैज्ञानिक डा. गोविन्द रिजालले विदेश तथा स्वदेश नेपालमा साइकल प्रयोग गर्दाका अनुभव तथा सडक सुरक्षाका चुनौतीबारे बोलेका थिए ।
नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले नेपालमा साइकल यात्रीलाई प्राथमिकतामा राखेर सडक संरचना निर्माण नगरेसम्म सडक सुरक्षामा सुधार नआउने विचार व्यक्त गरेका थिए ।

कार्यशालाको प्रमुख अतिथिका रुपमा उपस्थित नेपाल प्रहरीका एसएसपी साइक्लिस्ट संजीव शर्माले देशभर गत वर्ष र यस वर्ष साइकल यात्री कति दुर्घटनामा परे भन्ने विस्तृत ताजा आँकडासहित आफ्नो भनाई राखेका थिए । उनले साइकल संस्कृतिको विकासबाट सडक सुरक्षा सम्भव भएको बताउदै आजीवन साइकल संस्कृति विकासका लागि आफू समर्पित रहने र राज्यले प्रदान गर्ने सवारी साधन प्रयोगको साटो साइकल प्रयोगलाई नै नियमितता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता धुलिखेल नगरपालिकाका वडा अध्यक्ष तथा सामाजिक शाखा प्रमुख गणेश आचार्यले गरेका थिए ।
साइकल कल्चर अभियानको संयोजनमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्ड, धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका, नासा नेपाल, ग्लोबल एलान्यस लगायत साइकल संस्थाहरुले संयुक्त रुपमा सघाएका थिए ।
देश दशैं मुडमा छ । नेपालीहरुको महान चाड मानिने दशैंको समयमा सबै आफ्नो काम...
कठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा महिला मोटरसाइकल -याली MOTOGIRLS TO THE...
पोखरा – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले एसोसिएसनको सातौँ प्रदेश...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...