क्युमिन्सको फ्लिट मिट सम्पन्न, क्लच र ब्रेक लाइनिङ सार्वजनिक

काठमाडौं – क्युमिन्स इन्डियाको नेपालका लागि आधिकारिक वितरक शुभम पावर मल्टी ट्रेडर्स प्रालिले फ्लिट मिट सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न सो कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका फ्लिट ग्राहकको उल्लेख्य सहभागिता रहेको थियो ।

सो अवसरमा केही समय देखि नेपाली बजारमा बिक्री–वितरण हुँदै गरेको ३९५ र ४३० डायाको क्लचका साथै ब्रेक लाइनिङ लगायतका विभिन्न पार्ट्स सार्वजनिक गरिएको थियो ।

सो अवसरमा शुभम पावरका अध्यक्ष एकारत्न आचार्यले सबै ग्राहकलाई स्वागत गर्दै आगामी दिनमा समेत साथ दिने विश्वास व्यक्त गरे । उनले २००७ साल देखि नै जेन सेटलगायतका विभिन्न उपकरण उपलब्ध गराउदै आएको शुभम पावरले २०२२ देखि क्युमिन्सका उपकरण समेत बिक्री–वितरण गर्दै आएको जानकारी दिए ।

क्युमिन्स इन्डियाका नेपाल प्रतिनिधि तथा सेल्स म्यानेजर राजदीप कुमारले क्युमिन्सका सबै उत्पादन र यसको विशेषता वारेमा जानकारी प्रदान गरे । उनले नेपालमा छिट्टै नै क्युमिन्सको सर्भिस सेन्टर स्थपना गर्ने तयारी भइरहेको बताउदै यसबाट कुनै इन्जिन वा अन्य पार्ट्स मर्मत गर्नु परेमा सहज हुने बताए ।

शुभम पावरका म्यानेजिङ डाइरेक्टर गोविन्द प्रसाद आचार्यले ग्राहकको आवश्यकता बमोजिमका उपकरण उपलब्ध गराउदै जाने क्रममा पछिल्लो समयमा क्युमिन्स इन्डियाका विभिन्न उपकरण र पार्ट्स उपलब्ध गराएको बताए ।

क्युमिन्स इन्डियाले इन्जिन पार्ट्सका साथै फिल्टर, कम्पोनेन्ट, क्लच, अटोमोटिभ ब्याट्रिज, कुलेन्ट, ब्रेकलाइनिङ आदि उत्पादन गर्छ ।

शुभम पावरले हेभी इक्विपमेन्टका लागि आवश्यक अन्य पार्ट्सका साथै क्युमिन्स ब्रान्डको समेत आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

सीमा क्षेत्रमा बढ्यो स्पेयर पार्ट्सको अबैध कारोबार, टाटा जेन्युइन पार्ट्स सबैभन्दा बढी मारमा

सीमा क्षेत्रमा बढ्यो स्पेयर पार्ट्सको अबैध कारोबार, टाटा जेन्युइन पार्ट्स सबैभन्दा बढी मारमा

खुल्ला सिमानाका कारण बोर्डर साइडमा सामान ओसारपसार हुनु खासै नौलो विषय...

यूनिक टु ह्विल्सले नेपाल ल्यायो भारतको लोकप्रिय बाइक एसेसोरिज

यूनिक टु ह्विल्सले नेपाल ल्यायो भारतको लोकप्रिय बाइक एसेसोरिज

काठमाडौं– भारतको प्रख्यात टु ह्विलर एसेसोरिज मोटो जिनियस नेपाल आएको छ । यो...

एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...