२०२२ मा लन्च हुने यी हुन् रोयल इन्फिल्ड, जावा र येज्दीका क्रुजर बाइक

रोयल इन्फिल्डको हन्टरका साथै जावा र येज्दी ब्रान्डका केही नयाँ क्रुजर बाइकहरू २०२२ मा लन्च हुने भएका छन् । क्रुजर बाइकको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीहरु यस सेगमेन्टमा प्रवेश गर्न लागेका छन् र यी बाइकहरु यो वर्ष लन्च हुने भएको छ ।

रोयल इन्फिल्ड हन्टर ३५०
रोयल इन्फिल्ड हन्टर ३५० कम्पनीको नयाँ मोडल बन्ने भएको छ । सो बाइक यो वर्षको मध्यमा लन्च गर्नेछ । कम्पनीले सार्वजनिक गरेको भिडियोमा यो बाइकको झलक देख्न सकिन्छ । रोयल इन्फिल्डले यो वर्ष धेरै नयाँ मोडल ल्याउने भएको छ । यो बाइक मेटियोर ३५० मा आधारित हुनेछ ।

रोयल इन्फिल्डले लन्च गर्न लागेको पहिलो बाइक स्क्राम ४११ हुनेछ । सो बाइक वर्षको सुरुमा लन्च हुनेछ । यसपछि कम्पनीले हन्टर ३५० लन्च गर्नेछ । परीक्षणको समयमा सो बाइकको सिंगल सिट देख्न सकिन्छ । भिडियोमा मेटियोरबाट प्रेरित सबफ्रेम पनि देख्न सकिन्छ । यी दुवै बाइक एउटै प्लेटफर्ममा निर्माण गरिने छ ।

नयाँ जावा क्रुजर
जावा मोटरसाइकलले चाँडै नै नयाँ स्क्राम्बलर बाइक लन्च गर्ने भएको छ । हालै, जावाको स्क्राम्बलर बाइक परीक्षणको क्रममा देखिएको थियो । जावाको यो बाइक होन्डा सीबी३५० आरएस र रोयल इन्फिल्ड हन्टरसँग प्रतिस्पर्धा गर्नेछ । यो बाइकको इन्जिन येज्दी रोड किङ जस्तो रहेको बताइएको छ ।

यो बाइकको विकास प्रारम्भिक चरणमा छ । बाइक पूरै ढाकिएको हुनाले यसको डिजाइनको विवरण भने खुलाइएको छैन । यस बाइकमा डुअल साइलेन्सर दिइएको छ भने बाइकको इन्जिनको अगाडि राखिएको आयल कुलिङ सिस्टम पनि देखिएको छ । बाइकको दुवै पाङ्ग्रामा डिस्क ब्रेक जडान गरिएको छ । कम्पनीले यस बाइकमा डुअल च्यानल एबीएस समावेश गर्ने अनुमान गरिएको छ । यस बाइकमा एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प र एलईडी टर्न इन्डिकेटरहरू पनि समावेश गर्ने सम्भावना रहेको छ ।

येज्दी रोडकिङ
वर्षको सुरुमा येज्दी ब्रान्ड अन्तर्गत रोडकिङ स्क्राम्बलर लन्च हुने सम्भावना छ । येज्दी रोडकिङले नयाँ रोयल इन्फिल्ड हन्टरसँग प्रतिस्पर्धा गर्नेछ, जबकि येज्दी एड्भेन्चरले हिमालयनसँग प्रतिस्पर्धा गर्नेछ । दुवै बाइकमा राउण्ड हेडल्याम्प, फोर्क गेटर र टियरड्रप शेपको फ्युल ट्यांक जस्ता फिचरसहित नियो–रेट्रो स्टाइलिङमा उपलब्ध हुनेछ । बाइकमा स्पोक ह्वीलको प्रयोग गरिएको छ ।

येज्दी स्क्राम्बलरमा गोलाकार रियर–भ्यू मिरर, चौडा ह्यान्डलबार, कम्प्याक्ट प्याटर्न सिट र माथि उठाइएको साइलेन्सर हुनेछ । बाइकमा रियर टायर हगर हो जसले नम्बर प्लेट दर्ताको लागि माउन्टको रूपमा काम गर्छ । बाइकलाई हल्का देखि मध्यम अफरोडिङ ह्यान्डल गर्न सक्षम बनाइएको छ ।

सम्बन्धित समाचारहरू

नोभेम्बर १ मा लन्च हुने रोयल इन्फिल्ड हिमालयन ४५० को प्रोडक्सन रेडी इमेज लिक, फिचर सार्वजनिक

नोभेम्बर १ मा लन्च हुने रोयल इन्फिल्ड हिमालयन ४५० को प्रोडक्सन रेडी इमेज लिक, फिचर सार्वजनिक

भारतमा आगामी नोभेम्बर १ मा अफिसियल रुपमा लन्च हुने भनिएको रोयल इन्फिल्ड...

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...

नाडाको आकर्षण बन्दै छ रोयल इन्फिल्ड हन्टर

नाडाको आकर्षण बन्दै छ रोयल इन्फिल्ड हन्टर

काठमाडौं – आगामी भाद्र २६ देखि ३१ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...