२०२२ मा लन्च हुने यी हुन् रोयल इन्फिल्ड, जावा र येज्दीका क्रुजर बाइक

रोयल इन्फिल्डको हन्टरका साथै जावा र येज्दी ब्रान्डका केही नयाँ क्रुजर बाइकहरू २०२२ मा लन्च हुने भएका छन् । क्रुजर बाइकको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीहरु यस सेगमेन्टमा प्रवेश गर्न लागेका छन् र यी बाइकहरु यो वर्ष लन्च हुने भएको छ ।

रोयल इन्फिल्ड हन्टर ३५०
रोयल इन्फिल्ड हन्टर ३५० कम्पनीको नयाँ मोडल बन्ने भएको छ । सो बाइक यो वर्षको मध्यमा लन्च गर्नेछ । कम्पनीले सार्वजनिक गरेको भिडियोमा यो बाइकको झलक देख्न सकिन्छ । रोयल इन्फिल्डले यो वर्ष धेरै नयाँ मोडल ल्याउने भएको छ । यो बाइक मेटियोर ३५० मा आधारित हुनेछ ।

रोयल इन्फिल्डले लन्च गर्न लागेको पहिलो बाइक स्क्राम ४११ हुनेछ । सो बाइक वर्षको सुरुमा लन्च हुनेछ । यसपछि कम्पनीले हन्टर ३५० लन्च गर्नेछ । परीक्षणको समयमा सो बाइकको सिंगल सिट देख्न सकिन्छ । भिडियोमा मेटियोरबाट प्रेरित सबफ्रेम पनि देख्न सकिन्छ । यी दुवै बाइक एउटै प्लेटफर्ममा निर्माण गरिने छ ।

नयाँ जावा क्रुजर
जावा मोटरसाइकलले चाँडै नै नयाँ स्क्राम्बलर बाइक लन्च गर्ने भएको छ । हालै, जावाको स्क्राम्बलर बाइक परीक्षणको क्रममा देखिएको थियो । जावाको यो बाइक होन्डा सीबी३५० आरएस र रोयल इन्फिल्ड हन्टरसँग प्रतिस्पर्धा गर्नेछ । यो बाइकको इन्जिन येज्दी रोड किङ जस्तो रहेको बताइएको छ ।

यो बाइकको विकास प्रारम्भिक चरणमा छ । बाइक पूरै ढाकिएको हुनाले यसको डिजाइनको विवरण भने खुलाइएको छैन । यस बाइकमा डुअल साइलेन्सर दिइएको छ भने बाइकको इन्जिनको अगाडि राखिएको आयल कुलिङ सिस्टम पनि देखिएको छ । बाइकको दुवै पाङ्ग्रामा डिस्क ब्रेक जडान गरिएको छ । कम्पनीले यस बाइकमा डुअल च्यानल एबीएस समावेश गर्ने अनुमान गरिएको छ । यस बाइकमा एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प र एलईडी टर्न इन्डिकेटरहरू पनि समावेश गर्ने सम्भावना रहेको छ ।

येज्दी रोडकिङ
वर्षको सुरुमा येज्दी ब्रान्ड अन्तर्गत रोडकिङ स्क्राम्बलर लन्च हुने सम्भावना छ । येज्दी रोडकिङले नयाँ रोयल इन्फिल्ड हन्टरसँग प्रतिस्पर्धा गर्नेछ, जबकि येज्दी एड्भेन्चरले हिमालयनसँग प्रतिस्पर्धा गर्नेछ । दुवै बाइकमा राउण्ड हेडल्याम्प, फोर्क गेटर र टियरड्रप शेपको फ्युल ट्यांक जस्ता फिचरसहित नियो–रेट्रो स्टाइलिङमा उपलब्ध हुनेछ । बाइकमा स्पोक ह्वीलको प्रयोग गरिएको छ ।

येज्दी स्क्राम्बलरमा गोलाकार रियर–भ्यू मिरर, चौडा ह्यान्डलबार, कम्प्याक्ट प्याटर्न सिट र माथि उठाइएको साइलेन्सर हुनेछ । बाइकमा रियर टायर हगर हो जसले नम्बर प्लेट दर्ताको लागि माउन्टको रूपमा काम गर्छ । बाइकलाई हल्का देखि मध्यम अफरोडिङ ह्यान्डल गर्न सक्षम बनाइएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले नयाँ प्लेटफर्म विकास गर्ने, हिमालयन ४५० आउने

रोयल इन्फिल्डले नयाँ प्लेटफर्म विकास गर्ने, हिमालयन ४५० आउने

रोयल इन्फिल्डका ३५० सीसी सेगमेन्टको बाइक निकै लोकप्रिय भइरहेको समयमा अब...

क्रसफायर र इटालिका मोटरसाइकल बिग्रिएमा उपाय सिटी कार्गोले आपतकालीन सेवा प्रदान गर्ने

क्रसफायर र इटालिका मोटरसाइकल बिग्रिएमा उपाय सिटी कार्गोले आपतकालीन सेवा प्रदान गर्ने

काठमाडौं – क्रसफायर र इटालिका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक...

यस्तो छ क्लासिक ३५० को क्रोम र डार्क एडिसन(मूल्य सहित)

यस्तो छ क्लासिक ३५० को क्रोम र डार्क एडिसन(मूल्य सहित)

काठमाडौं– रोयल इन्फिल्डको सर्बाधिक लोकप्रिय मोडल क्लासिक ३५० थप दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...