नेपाली सडक अनुकुल प्रोटोनका नयाँ ईभी, नाइमामा अवलोकनकर्ताको भिड

काठमाडौं–भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा जगदम्बा मोटर्सद्वारा प्रदर्शित प्रोटोनका दुई नयाँ इलेक्ट्रिक एसयुभी प्रोटोन ई.मास ५ र प्रोटोन ई.मास ७ ले अवलोकनकर्ताको ध्यान आकर्षित गरेका छन् । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले यी आधुनिक र व्यावहारिक मोडलहरू प्रदर्शनीमा राखेको हो ।

एक्स्पोमा मुख्य आकर्षण बनेको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी प्रोटोन ई.मास ५ सहरी जीवनशैलीलाई ध्यानमा राखी निर्माण गरिएको छ । रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सामान व्यवस्थापनका लागि स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल–एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल–टु–लोड प्रविधि र जि–ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता आधुनिक विशेषताहरू समावेश छन् ।

सहरी सडकमा दैनिक प्रयोगका लागि अत्यन्त उपयुक्त मानिएको यो गाडी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु. ३२.९९ लाख र रु. ३६.९९ लाख निर्धारण गरिएको छ ।

त्यसैगरी, पारिवारिक प्रयोग र लामो दूरीको यात्राका लागि डिजाइन गरिएको प्रोटोन इ.मास ७ ले ग्राहकहरूलाई फुल–साइझ एसयुभीको अनुभव प्रदान गर्दछ । यसको प्राइम भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ, जसले लगभग ३४५ किमीको ध्ीत्ए रेन्ज दिन्छ। १५.४ इन्चको डिस्प्ले र एडास सुरक्षा प्रविधिसहित आएको यो मोडल पनि ’प्राइम’ र ’प्रिमियम’ भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु. ४९.९९ लाख र रु. ५९.९९ लाख रहेको छ ।

एक्स्पो अवधिभर प्रोटोनका गाडीहरूप्रति देखाएको चासो र विश्वासका लागि जगदम्बा मोटर्सले सम्पूर्ण ग्राहक तथा अवलोकनकर्ताहरूलाई धन्यवाद व्यक्त गरेको छ । साथै, नाइमा एक्स्पोमा सहभागी हुन छुटेका ग्राहकहरूका लागि कम्पनीले आगामी ‘नाडा अटो शो २०२६’ मा उपस्थित भई गाडीहरूको प्रत्यक्ष अवलोकन गर्न र नयाँ रोमाञ्चक अफरहरूको लाभ लिन निमन्त्रणा दिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...