१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स
काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...
काठमाडौं – क्रसफायरले नेपाल ल्याएको नयाँ मोटरसाइकल आरएमजेड २५० को बिक्री सुरु भएको छ । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गरी आरएमजेड २५० को बिक्री प्रारम्भ गरेको हो ।
बाइकको मूल्य ८ लाख ५९ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले केही समय पहिले देखि प्रि–बुकिङ खुला गरेको थियो । बुकिङ गरेका ५ जना राइडरलाई मोटरसाइकलको चाबी समेत हस्तान्तरण गरिएको छ ।
नेपाली बजारमा पहिले उपलब्ध आरएम २५० को अपग्रेडेड भर्सनको रुपमा आएको आरएमजेड २५० इन्डुरो र मोटार्ड गरी दुई भर्सनमा उपलब्ध रहेको छ । थ्रिल चाहने र एड्भेन्चर रुचाउने राइडरहरुको चाहना पुरा गर्ने उद्देश्यका साथ ल्याइएको सो मोटरसाइकलले नेपालको जुनसुकै भूगोलमा पनि अतुलनीय पावर, प्रिसिजन र परफर्मेन्स प्रदान गर्ने कम्पनीको दावी छ ।
यस नयाँ मोटरसाइकलमा २४८.४ सिसी क्षमताको ईएफआई इन्जिन जडान गरिएको छ । उक्त इन्जिनको अधिकतम पावर ३२.४९ पिएस छ भने टर्क २६.५३ एनएम जेनेरेट गर्दछ । ६ स्पिड गियरवक्स जडान गरिएको आएमजेड २५० मा अटोमेसन वेट मल्टि–प्लेट कल्च दिइएको छ ।
अफरोड यात्राकै लागि भनेर डिजाइन गरिएका कारण यस नयाँ मोटरसाइकलमा ३५० एमएमको ग्राउन्ड क्लिरियन्स पाउन सकिन्छ । साथै, यसमा ९ लिटर क्षमताको इन्धन ट्यांकी र अत्याधुनिक विशेषताको सस्पेन्सन सेट राखिएको छ ।
काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...
काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...
क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...