क्रसफायर आरएमजेड २५० को बिक्री सुरु, यस्तो छ मूल्य र फिचर

काठमाडौं – क्रसफायरले नेपाल ल्याएको नयाँ मोटरसाइकल आरएमजेड २५० को बिक्री सुरु भएको छ । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गरी आरएमजेड २५० को बिक्री प्रारम्भ गरेको हो ।

बाइकको मूल्य ८ लाख ५९ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले केही समय पहिले देखि प्रि–बुकिङ खुला गरेको थियो । बुकिङ गरेका ५ जना राइडरलाई मोटरसाइकलको चाबी समेत हस्तान्तरण गरिएको छ ।

नेपाली बजारमा पहिले उपलब्ध आरएम २५० को अपग्रेडेड भर्सनको रुपमा आएको आरएमजेड २५० इन्डुरो र मोटार्ड गरी दुई भर्सनमा उपलब्ध रहेको छ । थ्रिल चाहने र एड्भेन्चर रुचाउने राइडरहरुको चाहना पुरा गर्ने उद्देश्यका साथ ल्याइएको सो मोटरसाइकलले नेपालको जुनसुकै भूगोलमा पनि अतुलनीय पावर, प्रिसिजन र परफर्मेन्स प्रदान गर्ने कम्पनीको दावी छ ।

यस नयाँ मोटरसाइकलमा २४८.४ सिसी क्षमताको ईएफआई इन्जिन जडान गरिएको छ । उक्त इन्जिनको अधिकतम पावर ३२.४९ पिएस छ भने टर्क २६.५३ एनएम जेनेरेट गर्दछ । ६ स्पिड गियरवक्स जडान गरिएको आएमजेड २५० मा अटोमेसन वेट मल्टि–प्लेट कल्च दिइएको छ ।

अफरोड यात्राकै लागि भनेर डिजाइन गरिएका कारण यस नयाँ मोटरसाइकलमा ३५० एमएमको ग्राउन्ड क्लिरियन्स पाउन सकिन्छ । साथै, यसमा ९ लिटर क्षमताको इन्धन ट्यांकी र अत्याधुनिक विशेषताको सस्पेन्सन सेट राखिएको छ ।

सम्बन्धित समाचारहरू

अपग्रेड भएर आउँदै क्रसफायर आरएम २५०, टिजर सार्वजनिक

अपग्रेड भएर आउँदै क्रसफायर आरएम २५०, टिजर सार्वजनिक

काठमाडौं– क्रसफायरले नेपाल ल्याएको चर्चित डर्ट बाइक आरएम २५० अपग्रेड भएर...

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

१० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बने एमआरबी भ्लग्स

काठमाडौं – प्रसिद्ध नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात एमआरबी भ्लग्स...

क्रसफायर मोटरसाइकल किन्दा ३० हजारसम्म नगद छुट र एक्सचेन्ज बोनस पाइने

क्रसफायर मोटरसाइकल किन्दा ३० हजारसम्म नगद छुट र एक्सचेन्ज बोनस पाइने

काठमाडौं– क्रसफायर र इटालिका मोटोको नेपालका लागि आधिकारिक वितरक क्लासिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...