भदौ १ गते क्रसफायरको नयाँ ड्युअल स्पोर्ट मोटरसाइकल ट्रयाकर २५० सार्वजनिक हुने

काठमाडौं – नेपाली बजारमा आगामी भदौ १ गते क्रसफायरको नयाँ ड्युअल स्पोर्ट मोटरसाइकल ट्रयाकर २५० सार्वजनिक हुने भएको छ । नेपालका लागि क्रसफायरको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले फेसबुक पेजमा टिजर भिडियोमार्फत यसको जानकारी दिएको छ ।

२५० सीसी क्षमताको सो डर्ट बाइक नेपाली बजारमा उपलब्ध हुने सेगमेन्टकै कम मूल्यको मोटरसाइकल हुने अनुमान पनि गर्न सकिन्छ । नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० र यामाहा एक्सटीजेड जस्ता बाइकसँग यसको प्रतिस्पर्धा हुनेछ ।

हाल हिरो एक्सपल्स २०० को मूल्य ४ लाख २ हजार र यामाहा एक्सटीजेड १५० एफआईको मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ छ । यो अवस्थामा क्रसफायरको नयाँ मोटरसाइकलको मूल्य कति हुन्छ, अहिले नै भन्न सकिदैन ।

नेपाली बजारमा अनरोड र अफरोड दुवै क्षेत्रका लागि क्रसफायरका मोटरसाइकल लोकप्रिय छन् । डर्ट बाइक सेग्मेन्टमा राम्रो प्रभाव पार्न सफल क्रसफायरका हाल आरएम, एचजे र जीआर७ गरी ३ वटा मोडल उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

जिरीको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरियो बुलेट राइड

जिरीको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरियो बुलेट राइड

नेपाल बुलेट हाउसको आयोजनामा दुई दर्जन भन्दा बढी रोयल इन्फिल्ड अर्थात...

३ लाख ५ हजारसम्म घटेर फेरी आयो मिटिओर ३५० नेपाल, यस्तो छ नयाँ मूल्य

३ लाख ५ हजारसम्म घटेर फेरी आयो मिटिओर ३५० नेपाल, यस्तो छ नयाँ मूल्य

काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

जेरो इन्जिनियरिङको च्यारीटी राईड–२०२५ सम्पन्न

जेरो इन्जिनियरिङको च्यारीटी राईड–२०२५ सम्पन्न

काठमाडौं– जेरो इन्जिनियरिङ मोटरसाइकल प्रालिद्वारा आयोजित ३ दिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...