नेपाल आयो चिनियाँ राष्ट्रपतिले चढ्ने कार ब्रान्ड, नाइमामा हङसी ब्रान्डको विद्युतीय एसयूभी राखिने
काठमाडौं – चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल आएको छ। चीनमा...
काठमाडौं – क्रसफायर बाइकको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपाली बजारमा उपलब्ध तीन मोडलका बाइकको मूल्य घटाएको छ ।
क्रसफायरका तीन मोडल आरएम २५०, एचजे २५० र ट्रेकर २५० को मूल्य घटाइएको हो । आरएम २५० को मूल्य पहिले ८ लाख ८८ हजारबाट घटाएर ८ लाख ८ लाख ४३ हजार रुपैयाँ कायम गरिएको छ । यसमा ४५ हजार रुपैयाँ मूल्य कम गरिएको हो ।
त्यसैगरी एचजे २५० को मूल्य ७ लाख ७० हजार बाट ६ लाख ९९ हजार र ट्रेकर २५० को मूल्य ४ लाख १० हजार बाट ३ लाख ७० हजार रुपैयाँ कायम गरिएको छ । यी बाइकमा क्रमशः ७१ हजार र ४० हजार रुपैयाँ मूल्य कम गरिएको हो ।
सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत २०० सीसी भन्दा माथिका दुई पांग्रे सवारी साधनमा पहिले भन्दा केही सहुलियत भएका कारण क्रसफायरले पनि मूल्य समायोजन गरेको अनुमान गरिएको छ । यद्यपि क्रसफायरले यस वारेमा केही उल्लेख गरेको छैन ।
कम्पनीले यी बाइकको बुकिङ खुला गरिएको र एक्सचेन्ज तथा फाइनान्स स्किम सहित बाइक लिन सकिने बताएको छ । मूल्य समायोजन गरिए पनि बाइकको गुणस्तरमा कुनै कमी नहुने कम्पनीको भनाइ छ ।
त्यसैगरी नयाँ अफर समेत उपलब्ध हुने कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...