क्रसफायर वाइकको फ्रि चेकअप र टेष्ट राइड क्याम्प आयोजना हुने

क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बिक्रेता क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले पर्सिदेखी फ्रि चेकअप र टेष्ट राइड क्याम्प आयोजना गर्ने भएको छ । ४ दिनसम्म चल्ने उक्त क्याम्प एकान्तकुनास्थित शोरुममा अयोजना हुने बताइएको छ ।

उक्त क्याम्पमा क्रसफायर र इटालिका मोटो वाइकको मेकानिकल पार्ट्समा १६ प्वाइन्ट र लुब्रिकेसनमा ९ प्वाइन्ट निशुल्क चेकजाँच गरिनेछ । साथै स्पेयर पार्ट्समा १५ प्रतिशत र इन्जिन आयलमा १० प्रतिशत छुट उपलब्ध गराइने कम्पनीको भनाई छ । क्याम्पेनमा सहभागी भई क्रसफयारको ट्रेकर २५० र एचेजे २५० मोटरसाइकल र इटालिका मोटोको फर्मूला १५० स्कुटरको टेष्ट राइड समेत गर्न सकिनेछ ।

फ्रि चेकअप अन्तर्गत मोटरसाइकलको स्पार्क प्लग, एयर क्लिनर, इन्जिन आयल, ब्रेक प्याडल, क्लच लिभर, स्टेरिङ बेरिङ, ब्रेक क्यालिपर, ब्रेक प्याड÷ब्रेक शू र ब्याट्री लगायत १६ प्वाइन्टको निशुल्क चेकजाँच गरिनेछ । त्यसैगरी लुब्रिकेशन अन्तर्गत थ्रोटल केबल, क्लच केबल, ड्राइभ चेन, फुट रेस्ट, स्ट्यान्ड, किहोल, स्विचहरु र चेन एड्जस्टरको समेत चेकजाँच गरिनेछ ।

राइडरले आफ्नो मोटरसाइकलमा के कस्ता समस्याहरु छन् भनेर पहिचान गर्न र समयमै मेन्टिनेन्स गर्न सहज होस भने उक्त क्याम्पेन आयोजना गरिएको र आगामी दिनमा देशभर अयोजना गर्दै जाने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ...

उपत्यकाका विभिन्न ३६ स्थानमा बहुतले पार्किङ बनाइने, नगर विकास कोषले निकाल्यो सूचना

उपत्यकाका विभिन्न ३६ स्थानमा बहुतले पार्किङ बनाइने, नगर विकास कोषले निकाल्यो सूचना

काठमाडौं – नगर विकास कोषले उपत्यकाका विभिन्न ३६ स्थानमा बहुतले मेकानिकल...

अटो मेकानिक्स व्यवसायी संघद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

अटो मेकानिक्स व्यवसायी संघद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले स्वयम्भुस्थित आनन्दकुटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...