बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले दशैं अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले यी दुई ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद छुट, एक्सचेन्ज वोनस, निशुल्क हेल्मेट, फाइनान्स सुविधा, मनाङसम्म एडभेन्चर राइड गर्नका लागि टिकट र दैनिक गिफ्ट ह्याम्परहरु पाउनेछन् ।
कम्पनीक अनुसार यो अफर अन्तर्गत एचजे २५० डार्क एडिसन र ट्रेकर २५० खरिद गर्दा ग्राहकले नगद १५ हजार छुट पाउनेछन् भने इटालिका मोटो फर्मूला १५० तथा स्टालियन र नेभडाको खरिदमा १० हजार छुट पाउनेछन् । यी वाइक र स्कुटरलाई एक्सचेन्ज मार्फत खरिद गर्दा २० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन दिने कम्पनीले जनाएको छ ।
यसैगरी फाइनान्समा खरिद गर्न चाहने ग्राहकले कम व्याजदरमा सरल फाइनान्सको समेत सुविधा पाउनेछन् । वाइक र स्कुटर खरिद गर्ने हरेक ग्राहकलाई एउटा प्रिमियम स्तरको हेल्मेट र २ जना भाग्शाली विजेतालाई मनाङसम्मको यात्रा गर्न निशुल्क टिकट दिइने व्यवस्था मिलाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...