क्रिकेटर दीपेन्द्र सिंह ऐरी बने ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडर

काठमाडौं– क्रिकेटर दीपेन्द्र सिंह ऐरी ओमोड़ा एन्ड जेइकोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदुरपश्चिम रोयल्सका कप्तान रहेका दिपेन्द्र सिंह ऐरिलाई ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर घोषणा गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्धतामा खुसी व्यक्त गर्दै भने ‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्युचरिस्टिक इभि यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ । इनोभेसन (नवप्रवर्तन) र फ्यूचरिस्टिक टेक्नोलोजिमा अग्र रहँदै इभि बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु।’

समारोहमा शारडा ग्रुपका अध्यक्ष शिव रतन शारदडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपिजि अटोमोबाइल्सका अन्य सदस्यहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, चर्चित इन्फ्लुएन्सरहरू, पत्रकार तथा मिडियाको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रमको अवसर पारेर ऐरीलाई एसपिजी अटोमोबाइल्सले एनपिएलको इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट को पुरस्कार स्वरूप ओमोडा इ–फाइभको साँचो समेत हस्तान्तरण समेत गर्यो । साँचो हस्तारन्तरण गर्दै कम्पनीका निर्देशक गौरव शारडाले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पुरुष टी२० अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन् । आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राख्ने दीपेन्द्र सिंह ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं ।’

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ड्रिभन बाइ सह प्रायोजक रहेको थियो । यस साझेदारीसँगै ओमोडा एन्ड जेइकोले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्ने तथा खेल क्षेत्रको समग्र विकासमा योगदान पुयाउने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर, ८० हजार छुट पाइने

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर, ८० हजार छुट पाइने

काठमाडौं – डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव...

नयाँ डिजाइन र प्रविधिसहित टाटाको सिएरा एसयूभी पुनरागमनको तयारी

नयाँ डिजाइन र प्रविधिसहित टाटाको सिएरा एसयूभी पुनरागमनको तयारी

टाटा मोटर्सले आफ्नो प्रसिद्ध मोडल सिएरालाई पुनः प्रस्तुत गर्ने तयारी...

जगदम्बा मोटर्सले पनि ९९ किलोवाटको ईभी नेपाल भित्र्याउने, मूल्य सार्वजनिक

जगदम्बा मोटर्सले पनि ९९ किलोवाटको ईभी नेपाल भित्र्याउने, मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा टीभीएस र प्रोटोन लगायतका सवारी साधन बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...