भारतमा हरेक दिन बिक्छ ५५० यूनिट क्रेटा, २०२५ मा रेकर्ड ब्रेक बिक्री

हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटाले २०२५ मा अहिलेसम्मकै उच्च वार्षिक बिक्री रेकर्ड कायम गरेको छ । यस वर्ष क्रेटा २ लाख युनिटभन्दा बढी बिक्री भएको हुन्डाई मोटर्स इन्डियाले जनाएको छ । भारतमा क्रेटा हरेक दिन औसत ५५० युनिटका दरले बिक्री भएको हो ।

भारतीय ग्राहकमाझ निकै नै लोकप्रिय मोडलका रुपमा परिचित क्रेटा एक आधुनिक मिडसाइज एसयूभी हो, जसले यो सेग्मेन्टमा ३४ प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ । २०१६ मा लन्च भएयता क्रेटा एसयूभी सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोडल बन्दै आएको छ ।

हुन्डाई मोटर इन्डिया लिमिटेडका सीईओ तरुण गर्गका अनुसार क्रेटाका ग्राहक २०२० को तुलनामा १९ प्रतिशतले बढेर ३२ प्रतिशत पुगेको छ । उनका अनुसार, एसयूभीको सनरुफ भेरियन्टले यस वर्ष क्रेटाको बिक्रीमा ७० प्रतिशत भन्दा बढी योगदान दिएको छ । क्रेटाका कुल बिक्रीमा डिजेलको हिस्सा ४४ प्रतिशत छ ।

भारतमा जस्तै नेपाली बजारमा समेत क्रेटालाई रुचाउने एसयूभी पारखीको संख्या बढ्दै गएको छ । सन् २०१६ मा लन्च भएयता क्रेटाले हालसम्म १० हजारभन्दा बढि ग्राहक पाइसकेको छ । यो नेपालमा सर्बाबिधक रुचाइएको एसयूभी हो । हाल यसको ईभी भर्सन समेत बिक्री हुँदै आएको छ भने आइसिई भर्सन नेपालमै एसेम्वल भइरहेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ कलर अप्सन र ६ ड्राइभिङ मोड सहित हुन्डाई भेन्युको नयाँ मोडल लन्च

नयाँ कलर अप्सन र ६ ड्राइभिङ मोड सहित हुन्डाई भेन्युको नयाँ मोडल लन्च

हुन्डाईले आफ्नो लोकप्रिय मिनी एसयूभी भेन्युको नयाँ मोडल लन्च गरेको छ ।...

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...

हुन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ का विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण

हुन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ का विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण

काठमाडाैं – नेपालका लागि हुन्डाईकाे आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...