खोप उपलब्ध गराउन मन्त्री समक्ष रिकन्डिसन अटो व्यवसायी संघको माग

काठमाडौं – नेपाल रिकन्डिसन अटो व्यवसायी संघले आफ्ना ३ सय सदस्यहरुलाई कोभिड–१९ विरुद्ध भ्याक्सिन उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसमक्ष माग गरेको छ ।

संघका कार्यकारी अध्यक्ष रमेश कोइरालाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले हालको विषम परिस्थितिमा अग्रभागमा रही काम गर्नु पर्ने अवस्थामा रहेका रिकन्डिसन व्यवसायीहरुलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । सो अवसरमा मन्त्री तामाङले आगामी दिनमा रिकन्डिसन व्यवसायीहरुलाई पनि खोपका लागि प्राथमिकतामा राखिने आश्वासन दिएको अध्यक्ष कोइरालाले बताए ।

प्रतिनिधि मण्डलमा अध्यक्ष कोइरालाका साथै कोषाध्यक्ष राजकुमार देवकोटा र साधारण सदस्यहरु कुमार चिमोरिया, माधव रिजाल र प्रविण लामिछाने संलग्न थिए ।

काठमाडौं उपत्यकामा रिकन्डिसन अर्थात सेकेन्ड ह्यान्ड गाडी बिक्रेताहरुको साझा संगठनको रुपमा नेपाल रिकन्डिसन अटो व्यवसायी संघ क्रियाशील छ ।

सम्बन्धित समाचारहरू

नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्ना सदस्यहरुलाई...

इतिहास : रोयससँग रोल्सको भेट, जसले गर्दा रोल्स–रोयस मोटर कार्स बन्यो

इतिहास : रोयससँग रोल्सको भेट, जसले गर्दा रोल्स–रोयस मोटर कार्स बन्यो

हेनरी रोयस गरिब परिवारमा जन्मेका थिए र ९ वर्षकै उमेर देखि काम गर्न थालेका...

मेकानिक्सलाई लक्षित गरी बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो वोश’

मेकानिक्सलाई लक्षित गरी बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो वोश’

काठमाडौं–अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...