१२१ अटो मेकानिक्स व्यवसायीमा कोभिड परीक्षण : ३ जनामा पोजिटिभ

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजना र ललितपुर महानगरपालिकाको सहयोगमा १२१ जना अटो मेकानिक्स व्यबसायीलाई एन्टिजेन प्रविधिबाट कोभिड–१९ जाँच गरिएको छ ।

सानेपास्थित न्यु जल्पादेवी अटो वर्कसपमा सम्पन्न उक्त चेकजाँचका क्रममा ३ जना अटो मेकानिक्स व्यवसायीमा कोरोना पोजिटिभ देखिएको छ ।

आगामी असार २० गते आइतबार ललितपुरको हात्तिवनस्थित बिष्णु अटो वर्कशपमा अन्य व्यवसायीहरुलाई समेत चेकजाँच गर्ने कार्यक्रम रहेको संघका निवर्तमान अध्यक्ष दीपक खड्काले बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघले केही दिन पहिले तत्कालीन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग खोप उपलब्ध गराउन समेत माग गरेको थियो । उनले आगामी दिनमा खोप उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए ।

सम्बन्धित समाचारहरू

सामान्य र टर्बोचार्ज्ड इन्जिनमा के फरक छ ?

सामान्य र टर्बोचार्ज्ड इन्जिनमा के फरक छ ?

कारमा धेरै प्रकारका इन्जिनहरू हुन्छन् । तर मुख्यतया कारमा सामान्य र...

धादिङमा अटोल्यान्ड स्थापनामा जोड, त्रिपाठी फेरि बने एसोसिएसनको अध्यक्ष

धादिङमा अटोल्यान्ड स्थापनामा जोड, त्रिपाठी फेरि बने एसोसिएसनको अध्यक्ष

धादिङ – पूर्व मन्त्री तथा धादिङ क्षेत्र नम्बर १ का संघीय सांसद...

अब भारतमै सवारी साधनको क्र्यास टेस्ट गर्न सकिने, आज शुभारम्भ हुँदै

अब भारतमै सवारी साधनको क्र्यास टेस्ट गर्न सकिने, आज शुभारम्भ हुँदै

भारतमा आज देखि आफ्नै नयाँ कार एसेस्मेन्ट प्रोग्राम लागू हुँदैछ । क्र्यास...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...