सुजुकीको सबैभन्दा सानो इलेक्ट्रिक कार ई-स्काई लन्च, रेन्ज ३१० किलोमिटर
सुजुकीले जापानमा आफ्नो नयाँ इलेक्ट्रिक केई कार ई-स्काई लन्च गरेको छ। यसमा...
काठमाडौँ–छिमेकी मुलुक भारतमा इथानोल मिसिएको पेट्रोल (ई२० फ्युल) का कारण गाडीको इन्जिनमा क्षति पुगेको भन्दै अदालतले उपभोक्ताको पक्षमा एक ऐतिहासिक फैसला सुनाएको छ ।
भारतको छत्तिसगढस्थित रायपुर जिल्ला उपभोक्ता विवाद निवारण आयोगले कार निर्माता कम्पनी मारुती सुजुकीलाई एक ग्राहकको ग्रान्ड भिटारा कार साट्न वा पूर्ण मूल्य फिर्ता गर्न आदेश दिएको हो ।
के हो घटना ?
रायपुरका डा. प्रेमराज डेब्टाले जुन २०२४ मा मारुती सुजुकीको प्रिमियम एसयूभी ग्रान्ड भिटारा स्ट्रङ हाइब्रिड खरिद गरेका थिए । तर, गाडी गुड्न थालेपछि इन्जिनमा बारम्बार समस्या आउने र गुड्दागुड्दै बन्द हुने समस्या निम्तिन थाल्यो । कम्पनिको आधिकारिक सर्भिस सेन्टरमा जाँच गर्दा गाडीको फ्युल सिस्टममा सेतो जेली जस्तो पदार्थ जमेको भेटिएको थियो, जुन इन्धनमा रहेको इथानोल भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भयो ।
बजारमा ई२० इन्धन (२० प्रतिशत इथानोल मिसाइएको पेट्रोल) अनिवार्य भइसकेको अवस्थामा गाडीले सो इन्धन धान्न नसकेको भन्दै ग्राहकले उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए । दुवै पक्षको बहस र प्राविधिक प्रतिवेदन अध्ययन गरेपछि उपभोक्ता अदालतले मारुती सुजुकी र स्थानीय डिलरलाई दोषी ठहर गर्दै कम्पनीले ग्राहकलाई ४५ दिनभित्र पूर्ण रूपमा ई२० इन्धन मैत्री नयाँ ग्रान्ड भिटारा कार उपलब्ध गराउन आदेश दिएको हो ।
यदि तोकिएको समयभित्र नयाँ कार दिन नसकेमा कम्पनीले गाडीको पूर्ण मूल्य, दर्ता शुल्क र बीमा रकमसहित कुल २० लाख ५० हजार ४९४ भारतीय रुपैयाँ फिर्ता गर्नुपर्ने अदालतको आदेशमा उल्लेख गरिएको छ । । साथै, मानसिक तनाव दिएबापत १ लाख रुपैयाँ र कानुनी लडाइँको खर्चबापत १० हजार रुपैयाँ क्षतिपूर्ति समेत तिर्नुपर्ने फैसला भएको छ ।
अदालतको यो निर्णयमाथि प्रतिक्रिया दिँदै मारुती सुजुकीले यस आदेशलाई माथिल्लो अदालतमा चुनौती दिने स्पष्ट पारेको छ । कार निर्माता कम्पनीले आफ्नो बचाउ गर्दै भनेको छ ‘उक्त ग्रान्ड भिटारा पूर्ण रूपमा ई२० इन्धनमैत्री नै थियो र सो कुरा ‘ओनर्स म्यानुअल’मा पनि उल्लेख गरिएको छ । गाडीमा देखिएको समस्या इथानोलका कारण नभई बजारमा पाइने मिसावटयुक्त वा दूषित इन्धनका कारण भएको हो ।’
नेपालका लागि किन छ महत्व ?
नेपालमा पनि भविष्यमा इथानोल मिश्रित इन्धन भित्र्याउने र वातावरणमैत्री विकल्पहरू खोज्नेबारे बहस भइरहँदा, छिमेकी देशको यो अदालती फैसला नेपाली अटोमोबाइल क्षेत्र र उपभोक्ता अधिकारका लागि पनि एउटा महत्त्वपूर्ण नजिर बन्न सक्छ । बजारमा उपलब्ध इन्धन र सवारी साधनको प्राविधिक अनुकूलता कति संवेदनशील हुन्छ भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...