लोक सेवा आयोगले माग्यो ३६० जना हलुका सवारी चालक
काठमाडौँ – लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान...
काठमाडौँको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारवाहीको लागी यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको छ । केही दिन पहिले गरिएको यो कारवाहीले अहिले चर्चा पाएको छ ।
२०७९ भदौ ६ गते सोमवार बा १ ज ५७ ७० नम्बरको माइक्रो बस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकिङको क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएको थियो । उक्त माइक्रो बसलाई आवश्यक कारवाहीका लागि ललितपुर स्थित यातायात व्यवस्था कार्यालय पठाएको ट्राफिक प्रहरीको भनाइ छ ।
सवारी साधन उत्पादन भएको वर्ष र शुरु दर्ता मिति पनि खुलेका सवारी साधनको हकमा उत्पादन वर्षले २० बर्ष, उत्पादन बर्ष नखुलेको तर शुरु दर्ता मिति मात्र खुलेको सवारीको हकमा शुरु दर्ता मितिले २० बर्ष पुगे नपुगेको गणना हुन्छ ।
यस्तै, शुरु दर्ता भइनसकेका भन्सार कार्यालय र राजश्व अनुसन्धान विभाग जस्ता निकायले लिलाम गरेका सवारीको हकमा भने उत्पादन वर्षले डिसेम्बर महिनाको आधारमा २० वर्ष पुगे नपुगेको यकिन गरी इन्धनबाट चल्ने यात्रु तथा मालबाहक सवारी साधन २० वर्षभन्दा बढी चलाउन नपाईने यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ मा प्राबधान रहेको छ ।
यातायात व्यवस्था विभागले २० वर्ष पुराना सवारी साधनलाई चल्न नदिने समय समयमा बताउदै आएको छ । यद्यपि यसको प्रभावकारी कार्यान्वयन भने भएको छैन । विभिन्न सरोकारवाला निकायको बीचमा यस वारेमा फरक फरक विचार समेत छन् ।
काठमाडौँ – लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान...
अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको...
काठमाडौँ – टयाक्सी व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरू गरेका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...