दुर्घटना हुँदा कस्तो अवस्थामा एयर ब्यागले काम गर्दैन ?

चालक र यात्रुको सुरक्षाका लागि हिँजोआज सवारी साधनमा धेरै प्रकारका सेफ्टि फिचर पाउन सकिन्छ । एयर ब्याग पनि ती मध्ये एक हो । एयर ब्यागहरू दुर्घटनामा सक्रिय हुने पहिलो फिचर हो र यसले घातक दुर्घटनामा पनि चालकको जीवन बचाउन मद्धत गर्दछ ।

तर, धेरै घटनामा दुर्घटना हुँदा एयर ब्याग नखुल्ने गरेको छ । टाटा सन्सका पूर्व अध्यक्ष साइरस मिस्त्रीको पनि एयरब्याग नखुलेका कारण मृत्यु भएको थियो । यस्तो अवस्थामा प्रश्न उठ्छ कि एयरब्याग किन खुल्दैन ?

एयरब्याग भनेको नाइलन कपडाले बनेको झोला हो । दुर्घटनाको अवस्थामा, यसलाई खोल्न कुनै बटन थिच्नु पर्दैन । बरु यो स्वतः खुल्छ । कारको स्टेयरिङ ह्वील, साइड प्यानल र ड्यासबोर्डमा एयरब्याग जडान गरिएको हुन्छ । एयरब्याग सक्रिय हुन एक सेकेन्डभन्दा कम समय लाग्छ ।

दुर्घटना हुने बित्तिकै, कारमा सेन्सरहरू सक्रिय हुन्छन् र एयरब्यागहरू प्रयोग गर्न सिग्नल पठाउँछन् । संकेत प्राप्त हुने बित्तिकै, स्टेयरिङ मुनि रहेको इन्फ्लेटर सक्रिय हुन्छ । इन्फ्लेटरमा सोडियम अजाइड ग्यास हुन्छ, जसले रासायनिक प्रक्रियाबाट नाइट्रोजन उत्पादन गर्छ । एयरब्याग नाइट्रोजन भरेर मात्र फुल्छ ।

दुर्घटनाका बेला एयरब्याग नचल्नुका धेरै कारण हुन सक्छन् । प्राविधिक त्रुटि, सवारी साधन मर्मतसम्भारको कमी र कार चालकहरूको लापरवाही एयरब्याग नखुल्ने प्रमुख कारण हुन् । यसैगरी सिट बेल्ट नलगाउँदा, भारी मात्रामा सुरक्षात्मक ग्रिल प्रयोग गरिँदा र कमसल गुणस्तरका एयर ब्याग प्रयोग गरिँदा पनि यसले काम गर्दैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...