कम्फर्ट र सेफ्टी फिचर्स लोडेड हावल जोलियन

चिनियाँ ब्रान्ड ग्रेटवालको सहायक कम्पनी हावल १ दशक लामो समयपछि पुन नेपाली बजारमा प्रबेश गरेको छ । बिशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले हावल ब्रान्डका दुई एसयुभी एच६ र जोलियनलाई नेपाल ल्याएसंगै अहिले यी एसयूभीको चौतर्फी चर्चा हुन थालेको छ ।

हाल बजारमा उपलब्ध यहि सेग्मेन्टका अन्य एसयुभीको तुलनामा फरक लुक्स र फिचर्सका कारण हावल एसयुभीको चर्चा चुलिएको नरखीहरुको आकर्षण बढ्दै गएको बुझिन्छ । जोलियनको प्रमुख चार आकर्षक पक्षका रुपमा यसमा उपलब्ध गराइएको चार प्रकारको ड्राइभ मोड, मबजुत मेकानिकल स्ट्रक्चर, सेकेन्ड जेनेरेशनको ७ डिसिटी ट्रान्समिसन र १.५ लिटर क्षमताको टर्बो चार्ज इन्जिन प्रमुख रहेका छन् । आकर्षक लुक्स र स्पोर्टी डिजाइनका कारण यो एसयुभीले पहिलो नजरमै जो कसैलाई पनि आकर्षित गर्ने क्षमता राख्ने देखिन्छ ।

लुक्स तथा डिजाइन
यो एसयुभीको सबैभन्दा लोभलाग्दो पक्ष भनेकै यसको बाहिरी बनावट हो । स्मार्ट एबं सार्प फ्रन्ट फेस र क्लासिक फेमिली प्लेटेड हनिकम्व ग्रिलले यो एसयुभीको लुक्समा निखार दिएको छ । बहुआयमिक एलइडी हेडल्याम्प सेटअपले जोलीयनलाई थप एग्रेसिभ देखाएको छ । यो एसयुभीको डिजाइन र लुक्स हाल बजारमा उपलब्ध यहि सेग्मेन्टका अन्य एसयुभीको तुलनामा पृथक देखिनुको साथै आधुनिक र ट्रेन्डि समेत रहेको फिल हुन्छ । यसको डिजाइन बिशेषत युवा पक्षलाई प्रभाबित गर्ने गरी गरिएको भान हुन्छ । निलो, सेतो, कालो, रातो र खैरो रङमा उपलब्ध यो एसयुभीको पेन्ट क्वालिटी समेत उत्कृष्ट छ ।

इन्टेरियर र फिचर्स
बाहिरबाट हेर्दा यो एसयुभी जत्ति एग्रेसिभ देखिन्छ यसको इन्टेरियर समेत त्यत्तिकै भब्य र आकर्षक रहेको छ । सिंगल र डबल ट्युन कलर सहित २ अप्सनमा उपलब्ध यसको इन्टेरियर बास्तबमै मनमोहक देखिन्छ । जोलियनमा एउटा आधुनिक र सुबिधासम्पन्न एसयुभीमा हुनुपर्ने प्राय सबै बिशेषताहरु उपलब्ध गराइएको छ । स्तरिय सिट, चालक र यात्रुमैत्री आधुनिक फिचर्स, प¥याप्त लेग स्पेस, आफ्नो अनुकुलता अनुरुप एड्जस्ट गर्न मिल्ने सिट, यात्राका क्रममा आबश्यक पर्ने ग्याजेट र अन्य सामाग्री राख्ने छुट्टै ब्यवस्था लगायत सुबिधाले यो एसयुभीमा सयर गर्दा एउटा प्रिमियम एसयुभीमा यात्रा गरेको अनुभुती मिल्छ । यो एसयुभीको ड्यासबोर्डमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, सिक्स वे एड्जस्टेवल ड्राइभिङ सिट, ४ स्पीकर, किलेस इन्ट्री, ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, ड्यूल जोन एसी, वायरलेस चार्जिङ, ठूलो आकारको पानारोमिक सनरुफ जस्ता फिचर उपलब्ध गराइएको छ ।

पावर तथा पर्फमेन्स
जोलीयनमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर र २२० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिसिटी गियरबक्सको अप्सन पाउन सकिन्छ ।

सेफ्टी फिचर्स
जेलियनमा एउटा सुरक्षित एसयुभीमा हुनुपर्ने प्राय सबै सेफ्टी फिचर्स उपलब्ध गराएको छ । अत्याधुनिक सेफ्टी फिचर्सका कारण यो एसयुभीमा सयर गर्दा चालर याुत्रु दुबै पक्षले आफू सुरक्षित भएको महशुस गर्न सक्नेछन् । ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल बडी भएको यो एसयुभीमा ६ वटा एयरव्याग, हिल एसिस्ट कन्ट्रोल, एबीएस विथ इपिएस, अराउन्ड भ्यू मोनिटर सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर समावेस गरिएको छ ।

मूल्य तथा प्रतिस्पर्धा
यो एसयुभी लो, हाई र टप गरी भिन्न ३ भेरियन्ट उपलब्ध रहँदै आएको छ । म्यानुअल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध यसको मूल्य ५७ लाख ९९ हजार ९ सय ९९ देखी ७६ लाख ९९ हजार ९ सय ९९ रुपैयाँसम्म निर्धारण गरिएको छ । यो एसयुभीको प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस र निशान किक्ससंग हुने देखिन्छ ।

सम्बन्धित समाचारहरू

चांगन अटो नेपाल भित्रिएको १ वर्ष पुग्यो, पहिलो वर्षमै राम्रो सुरुवात गर्न सफल भएको दाबी

चांगन अटो नेपाल भित्रिएको १ वर्ष पुग्यो, पहिलो वर्षमै राम्रो सुरुवात गर्न सफल भएको दाबी

काठमाडौं – चीनको नम्बर वान प्यासेन्जर ब्राण्ड चांगन अटोले नेपालमा...

अमेरिकी ब्रान्डको नेपाली बजार : फ्लप बन्दै केही ब्रान्ड, आशा जगाउँदै जिप

अमेरिकी ब्रान्डको नेपाली बजार : फ्लप बन्दै केही ब्रान्ड, आशा जगाउँदै जिप

अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुक हो । सबैभन्दा ठूलो अर्थतन्त्र...

भारतमा लन्च भयो क्रेटा र सेल्टोसको प्रतिस्पर्धि  स्कोडा कुशाक, नेपालमा समेत उपलब्ध हुने

भारतमा लन्च भयो क्रेटा र सेल्टोसको प्रतिस्पर्धि स्कोडा कुशाक, नेपालमा समेत उपलब्ध हुने

स्कोडा अटोले भारतीय बजारमा बहुप्रतीक्षित एसयूभी कुशाक लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...