कम्फर्ट र सेफ्टी फिचर्स लोडेड हावल जोलियन

चिनियाँ ब्रान्ड ग्रेटवालको सहायक कम्पनी हावल १ दशक लामो समयपछि पुन नेपाली बजारमा प्रबेश गरेको छ । बिशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले हावल ब्रान्डका दुई एसयुभी एच६ र जोलियनलाई नेपाल ल्याएसंगै अहिले यी एसयूभीको चौतर्फी चर्चा हुन थालेको छ ।

हाल बजारमा उपलब्ध यहि सेग्मेन्टका अन्य एसयुभीको तुलनामा फरक लुक्स र फिचर्सका कारण हावल एसयुभीको चर्चा चुलिएको नरखीहरुको आकर्षण बढ्दै गएको बुझिन्छ । जोलियनको प्रमुख चार आकर्षक पक्षका रुपमा यसमा उपलब्ध गराइएको चार प्रकारको ड्राइभ मोड, मबजुत मेकानिकल स्ट्रक्चर, सेकेन्ड जेनेरेशनको ७ डिसिटी ट्रान्समिसन र १.५ लिटर क्षमताको टर्बो चार्ज इन्जिन प्रमुख रहेका छन् । आकर्षक लुक्स र स्पोर्टी डिजाइनका कारण यो एसयुभीले पहिलो नजरमै जो कसैलाई पनि आकर्षित गर्ने क्षमता राख्ने देखिन्छ ।

लुक्स तथा डिजाइन
यो एसयुभीको सबैभन्दा लोभलाग्दो पक्ष भनेकै यसको बाहिरी बनावट हो । स्मार्ट एबं सार्प फ्रन्ट फेस र क्लासिक फेमिली प्लेटेड हनिकम्व ग्रिलले यो एसयुभीको लुक्समा निखार दिएको छ । बहुआयमिक एलइडी हेडल्याम्प सेटअपले जोलीयनलाई थप एग्रेसिभ देखाएको छ । यो एसयुभीको डिजाइन र लुक्स हाल बजारमा उपलब्ध यहि सेग्मेन्टका अन्य एसयुभीको तुलनामा पृथक देखिनुको साथै आधुनिक र ट्रेन्डि समेत रहेको फिल हुन्छ । यसको डिजाइन बिशेषत युवा पक्षलाई प्रभाबित गर्ने गरी गरिएको भान हुन्छ । निलो, सेतो, कालो, रातो र खैरो रङमा उपलब्ध यो एसयुभीको पेन्ट क्वालिटी समेत उत्कृष्ट छ ।

इन्टेरियर र फिचर्स
बाहिरबाट हेर्दा यो एसयुभी जत्ति एग्रेसिभ देखिन्छ यसको इन्टेरियर समेत त्यत्तिकै भब्य र आकर्षक रहेको छ । सिंगल र डबल ट्युन कलर सहित २ अप्सनमा उपलब्ध यसको इन्टेरियर बास्तबमै मनमोहक देखिन्छ । जोलियनमा एउटा आधुनिक र सुबिधासम्पन्न एसयुभीमा हुनुपर्ने प्राय सबै बिशेषताहरु उपलब्ध गराइएको छ । स्तरिय सिट, चालक र यात्रुमैत्री आधुनिक फिचर्स, प¥याप्त लेग स्पेस, आफ्नो अनुकुलता अनुरुप एड्जस्ट गर्न मिल्ने सिट, यात्राका क्रममा आबश्यक पर्ने ग्याजेट र अन्य सामाग्री राख्ने छुट्टै ब्यवस्था लगायत सुबिधाले यो एसयुभीमा सयर गर्दा एउटा प्रिमियम एसयुभीमा यात्रा गरेको अनुभुती मिल्छ । यो एसयुभीको ड्यासबोर्डमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, सिक्स वे एड्जस्टेवल ड्राइभिङ सिट, ४ स्पीकर, किलेस इन्ट्री, ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, ड्यूल जोन एसी, वायरलेस चार्जिङ, ठूलो आकारको पानारोमिक सनरुफ जस्ता फिचर उपलब्ध गराइएको छ ।

पावर तथा पर्फमेन्स
जोलीयनमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर र २२० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिसिटी गियरबक्सको अप्सन पाउन सकिन्छ ।

सेफ्टी फिचर्स
जेलियनमा एउटा सुरक्षित एसयुभीमा हुनुपर्ने प्राय सबै सेफ्टी फिचर्स उपलब्ध गराएको छ । अत्याधुनिक सेफ्टी फिचर्सका कारण यो एसयुभीमा सयर गर्दा चालर याुत्रु दुबै पक्षले आफू सुरक्षित भएको महशुस गर्न सक्नेछन् । ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल बडी भएको यो एसयुभीमा ६ वटा एयरव्याग, हिल एसिस्ट कन्ट्रोल, एबीएस विथ इपिएस, अराउन्ड भ्यू मोनिटर सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर समावेस गरिएको छ ।

मूल्य तथा प्रतिस्पर्धा
यो एसयुभी लो, हाई र टप गरी भिन्न ३ भेरियन्ट उपलब्ध रहँदै आएको छ । म्यानुअल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध यसको मूल्य ५७ लाख ९९ हजार ९ सय ९९ देखी ७६ लाख ९९ हजार ९ सय ९९ रुपैयाँसम्म निर्धारण गरिएको छ । यो एसयुभीको प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस र निशान किक्ससंग हुने देखिन्छ ।

सम्बन्धित समाचारहरू

फोटोन भ्यान किन्दा १२ लाख रुपैयाँ बुझाए पुग्ने, पहिलो तीन महिना किस्ता नै तिर्नु नपर्ने

फोटोन भ्यान किन्दा १२ लाख रुपैयाँ बुझाए पुग्ने, पहिलो तीन महिना किस्ता नै तिर्नु नपर्ने

काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल...

आयात खुल्ने प्रतीक्षामा जिप मेरिडियन : साउन पश्चात नेपाल आउने सम्भावना

आयात खुल्ने प्रतीक्षामा जिप मेरिडियन : साउन पश्चात नेपाल आउने सम्भावना

काठमाडौं – नेपाली बजारमा जिपको प्रसिद्ध सेभेन सिटर एसयूभी मेरिडियन उपलब्ध...

चाङ्गनका प्रशन्न पन्त भन्छन – अबको बजार चिनियाँ ब्रान्डको

चाङ्गनका प्रशन्न पन्त भन्छन – अबको बजार चिनियाँ ब्रान्डको

अटो बजारमा अहिले इलेक्ट्रिक कार र चिनियाँ ब्रान्ड सर्बाधिक चर्चाको बिषय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...