कमेडी च्याम्पियन सिजन–३ का विजेता सुनिल खड्काले जिते आकर्षक गाडी ‘नेटा भी’

काठमाडौं कमेडी च्याम्पियन सिजन–३ को बिजेता सुनिल खड्काले सिजी मोटर्सअन्तर्गतको नेटा भीको आकर्षक गाडी जितेका छन्। कमेडी च्याम्पियन सिजन–३ को बिजेताका रुपमा उनले सो गिफ्ट पाएका हुन् ।

नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन–३ मा चाइल्ड कमेडियन सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनल पुगेका थिए ।

कार्यक्रममा कमिडी च्याम्पियनका विजेतालाई सिजी मोटरको लोकप्रिय बाण्ड नेटा भी उपहारको रुपमा दिन पाउँदा निकै हर्षित भएको सिजी मोटर्सले जनाएको छ। साथै कम्पनीले आगामी दिनमा समेत यस्ता खालका रियालिटी सोमा सहभागी भइरहने समेत प्रतिवद्धता जाहेर गरेको छ।

कमेडी च्याम्पियनको ग्राण्ड फाइनल विजेतालाई प्रदान गरिएको नेटा भी चौधरी समूहअन्तर्गतको सीजी मोटरले दुई वर्षअघि भित्र्याएको थियो। क्रसओभर सेगमेन्टमा विशेषताहरुले भरिएको सेगमेन्टकै धेरै रेन्ज दिने नेटा भी नेपाल भित्रिएको छोटो समयमै ग्राहकहरु माझ निकै लोकप्रिय रहेको छ।

यस्ता छन् नेटा भीका मुख्य विशेषताहरु
ब्याट्री–
‘नेटा भी’मा विश्वकै नवीनतम ब्याट्री प्रयोग गरिएको छ जसले उच्चतम क्षमताको प्रदर्शन गर्छ। यो ब्याट्रीमा हिटिङ तथा कुलिङको व्यवस्थासहितको थर्मल म्यानेजमेन्ट सिस्टम रहेको छ।

कारको बडी– ‘नेटा भी’को बडीमा हाइ टेनसिल स्टिल प्रयोग गरिएको छ। कारको बाह्य बडीको ६३ हिस्सा बनाउन सोही स्टिलको प्रयोग गरिएको छ। यो शक्तिशाली स्टिलले कारमा यात्रारत यात्रुलाई थप सुरक्षित बनाएको छ। शक्तिशाली हुनुका साथै यो स्टिल हलुकासमेत छ। विद्युतीय कारमा जति हलुका बडी संरचना भयो कारले त्यति नै धेरै माइलेज दिन्छ। कारकै तौल धेरै भएमा त्यसलाई तान्न धेरै शक्ति खर्च हुन्छ। तर नेटा भीको ६३ प्रतिशत बडी हाइ टेनसिल स्टिलबाट बनेकाले यो कार सुरक्षित र धेरै माइलेज दिन्छ। हाइ टेनसिल स्टिल टेस्लाका कार र नेटाका कारमा मात्र प्रयोग हुँदै आएको छ।

च्यासिस– ‘नेटा भी’ कार प्योर ईभी च्यासिसमा निर्माण गरिएको हो। प्योर ईभी प्लेटफर्ममा उत्पादन भएको नेटा भी कारमा पर्याप्त स्पेस उपलब्ध रहेको छ। जसले कार चलाउँदा आरामदायी महसुस गराउँछ।

एक्सटर्नल पावर– ‘नेटा भी’ कारमा ३.३ किलोवाट क्षमताको भेहिकल टू लोड एक्सटर्नल डिस्चार्ज फंसन पनि उपलब्ध छ। यो विशेषताले नेटा भीबाट अन्य कार तथा घरायासी विद्युतीय उपकरणमा चार्ज गर्न सकिन्छ।

रेन्ज– नेटा भीमा प्रयोग भएको ४०.७ किलोवाट आवर लिथियम आयन ब्याट्रीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। त्यस्तै यो ब्याट्र शून्यबाट ८० प्रतिशत चार्ज हुन जम्मा २० मिनेट मात्र लाग्छ।

ग्राउन्ड क्लियरेन्स– नेपालको बाटोका लागि अलिक बढी ग्राउन्ड क्लियरेन्स भएको कार खोजिन्छ। क्रसओभर सेगमेन्टको नेटा भी विद्युतीय कारमा १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। यो सेगमेन्टमा नेटा भीको क्लियरेन्स पर्याप्त हुने कम्पनीको भनाइ छ।

वारेन्टी– सीजी मोटरले नेटा भीको ब्याट्री तथा मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ। विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो। सोही कम्पनीले उत्पादन गरेको नेटा भी विद्युतीय कार निक्कै आकर्षक र विशेषताले भरिएको छ।

नेपाली बजारमा नेटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय नेपाली बजारमा आएको नेटा भी परिमार्जनसहित आएको छ। सीजी मोटरले विद्युतीय कारको सर्भिसलगायत र चार्जिङ नेटवर्क विस्तारमा काम गरिरहेको जनाएको छ।

ग्राहकहरूको माग अनुसार नेटा भीको थापाथली सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिने कम्पनीले जनाएको छ । नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको सिजी मोटर्सले थप ५० ठाउँमा चार्जिङ सुविधा दिन लागेको समेत जनाएको छ ।

सम्बन्धित समाचारहरू

३ फरक क्लासलाई लक्षित गरी ३ दिनको फरकमा लन्च गरिएका ३ इलेक्ट्रिक कार

३ फरक क्लासलाई लक्षित गरी ३ दिनको फरकमा लन्च गरिएका ३ इलेक्ट्रिक कार

यो महिना नेपाली बजारमा ३ नयाँ इलेक्ट्रिक कार सार्बजनिक गरिए । ३ दिनको...

१५० किलोमिटर रेन्ज दिने याडियाको नयाँ स्कुटर नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

१५० किलोमिटर रेन्ज दिने याडियाको नयाँ स्कुटर नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं– याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

हुन्डाईले छिटो चार्ज हुने ६ इलेक्ट्रिक कार लन्च गर्ने

हुन्डाईले छिटो चार्ज हुने ६ इलेक्ट्रिक कार लन्च गर्ने

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले सन् २०२८ सम्ममा भारतमा करिब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...