कुन देशमा सबैभन्दा बढी कार चोरी हुन्छ ?
कार चोरी एक गम्भीर अपराध हो जुन संसारका धेरै देशहरूमा ठुलो समस्या बनेको छ।...
ड्राइभिङ एउटा कला हो । कार ड्राइभिङ गर्न सिक्ने पहिलो आधारभूत मन्त्र भनेको स्टेयरिङ नियन्त्रण गर्नु हो । त्यसपछि मात्र गियर परिवर्तन गर्ने र कारलाई कसरी अगाडि बढाउने भन्ने हो । राम्ररी कार ड्राइभिङ गर्न नसक्दा कार अचानक बन्द हुने, झट्का लाग्ने र कम माइलेज दिने जस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । कार ड्राइभिङमा क्लच र ब्रेकको पनि राम्रो जानकारी हुनुपर्छ ।
कस्तो अवस्थामा क्लच थिच्ने र कस्तो अवस्थामा ब्रेक लगाउने भन्ने जानकारी सबैमा हुनुपर्छ । क्लच र ब्रेकको संयोजन परिस्थिति अनुसार फरक हुन्छ ।
राजमार्गमा
राजमार्गमा कार ड्राइभ गर्दा क्लचको प्रयोग पछि मात्र गरिन्छ । राजमार्गमा कारको स्पिड बढी भएकाले कार रोक्न वा स्पिड कम गर्नको लागि ब्रेक थिचेर कारलाई तल्लो गियरमा सारिन्छ र कारको स्पिड पूर्णतया कम भएपछि कारलाई क्लच थिचेर रोकिन्छ, त्यसपछि ब्रेक थिचिन्छ ।
ट्राफिक जाममा
ट्राफिक जाममा कारको गति एकदमै कम हुन्छ । यस्तो अवस्थामा पहिले क्लच थिचेर ब्रेक लगाइन्छ । यस्तो गरिएन भने कारले झट्का खाएर रोकिन सक्छ ।
गाडी रोक्ने अवस्थामा
कार सामान्य गतिमा छ र कार रोक्न आवश्यक परेमा राजमार्गमा जस्तै कार रोक्नुपर्छ । पहिले ब्रेक थिचेर कारको गति घटाउने र त्यसपछि क्लच थिचेर गियर कम गर्नपर्छ । जब कारको गति धेरै कम हुन्छ, तब क्लच थिच्नुपर्छ ।
अचानक रोक्नु पर्दा
कहिलेकाही कारलाई अचानक रोक्नुपर्ने हुन्छ । यस्तो अवस्थामा चालक आत्तिएर क्लच र ब्रेक दुबैसँगै थिचेर कार रोक्न पुग्छ । यसले कारको टायरमा गियरको नियन्त्रण हुँदैन र दुर्घटना हुन सक्छ । त्यसैले कारलाई अचानक रोक्नु परेमा कारको ब्रेकलाई थिच्नुपर्छ र कार पूर्ण रूपमा नरोकेसम्म क्लचलाई पनि थिचिराख्नु पर्छ । गियर र ब्रेकको नियन्त्रणका कारण कार छोटो दूरीमा रोक्न सकिन्छ ।
कार चोरी एक गम्भीर अपराध हो जुन संसारका धेरै देशहरूमा ठुलो समस्या बनेको छ।...
भारतको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी एक्साइडले देशभित्रै लिथियम...
काठमाडौं रुपन्देहीको देवदहस्थित मयुर स्टिल इन्डस्ट्रिजले उत्पादन गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...