नेपाली बजारमा फ्रेन्च ब्रान्डको अर्को इलेक्ट्रिक कार आउन सक्ने संभावना, भारतमा अर्को वर्ष लन्च हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा इलेक्ट्रिक कार उत्पादन गर्ने भएको छ । २ महिनापछि लन्च गर्ने तयारी भैरहेको कम्वस्चन इन्जिनयुक्त सि३ मोडलमा आधारित यो नयाँ इलेक्ट्रिक कारलाई उसले अर्को वर्षको अन्त्यसम्ममा लन्च गरिसक्ने जनाएको छ ।

भारतमा अहिले यो ब्रान्डको सि५ एयरक्रस प्रिमियम एसयुभी बिक्री हूँदै आइरहेको छ । नयाँ इलेक्ट्रिक कार लन्च गर्ने पक्कापक्कि गरेसंगै कम्पनीले अहिले भारतमा विभिन्न स्थानहरुमा डिलर नेटवर्क बिस्तार गर्ने योजना अघि सारेको छ ।

सि३ मोडलकै प्लेटफर्ममा निर्माण गर्न लागिएको यो सव फोर मिटर इलेक्ट्रि कार मूल्यका हिसावले सुलभ रहने अनुमालन लगाइएको छ । भारतीय बजारलाई लक्षित गरी निर्माण गर्न लागिएको यो कार मार्फत सिट्रोनले बजारमा बलियो उपस्थिती जनाउने अपेक्षा लिएको छ ।

यो नयाँ इलेक्ट्रिक कारमा कुन साइजको व्याट्री प्याक जडान हुने र यसले कति रेन्ज दिन सक्छ भन्ने बारे कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन । यो कार निर्माण गर्दा ९० प्रतिशतभन्दा बढी सामाग्री भारतकै प्रयोग हुने जनाइएको छ ।

सिट्रोन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । बजारमा अहिले यसको सि५ एयरक्रस एसयुभी बिक्री हुँदै आइरहेको छ । भारतमा नयाँ इलेक्ट्रिक कारको उत्पादन पश्चात यो नयाँ मोडल नेपाली बजारमा समेत भित्रिने सहजै अनुमान लगाउन सकिन्छ । नेपाली बजारमा सांग्रिला मोटर्सले यो ब्रान्डको आधिकारिक वितरकका रुपमा कारोबार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

घरमै पीसीआर टेस्ट गर्नका लागि साथी एप

घरमै पीसीआर टेस्ट गर्नका लागि साथी एप

काठमाडाैं – राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका...

टाटाले सार्बजनिक गर्यो कर्भ इभीको कन्सेप्ट, रेन्ज ५ सय किलोमिटरसम्म दिने

टाटाले सार्बजनिक गर्यो कर्भ इभीको कन्सेप्ट, रेन्ज ५ सय किलोमिटरसम्म दिने

टाटा मोटर्सले आज कर्भ इभीको नयाँ कन्सेप्ट सार्बजनिक गरेको छ । टाटाको...

जीडब्लूएमले ल्यायो ट्याङ्क ३०० को विशेष संस्करण, ३०० युनिटमात्रै उत्पादन हुने

जीडब्लूएमले ल्यायो ट्याङ्क ३०० को विशेष संस्करण, ३०० युनिटमात्रै उत्पादन हुने

ग्रेट वाल मोटर्स (जीडब्लूएम) ले ट्याङ्क ३०० विशेष संस्करण लन्च गरेको छ । ३००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...