३६ लाख ६७ हजार भारुमा लन्च भयो सिट्रोन सि५ एयरक्रसको फेसलिफ्ट

फ्रेन्च अटो निर्माता सिट्रोनले सि५ एयरक्रसको फेसलिफ्ट मोडल लन्च गरेको छ । यो नयाँ मोडलको मूल्य भारतीय बजारमा ३६ लाख ६७ हजार भारु निर्धारण गरिएकोछ । यसअघि साइन र फिल गरी कुल २ ट्रिममा उपलब्ध यो एसयूभीको फिल ट्रिमलाई वन्द गरेर साइनको मात्र फेसलिफ्ट लन्च गरिएको हो । जसको लुक्स र इन्टेरियरमा व्यापक फेरवदल गरिएको छ ।

यो एसयूभीको फ्रन्ट फेसियामा सिट्रोनले नयाँपन दिएको छ । अगाडीको भागलाई आकर्षक र सफाचट देखाउन यसअघिको लेयरयुक्त स्प्लिट हेडल्याम्पलाई हटाएर सिंगल पिस हेडल्याम्प राखिएको छ । यसैगरी हेडल्याम्पमा २ सेट एलइडी डिआरए दिइएको छ । साथै यसको फ्रन्ट र रियर वम्पर एवं साइड प्रोफाइलमा समेत नयाँपन दिइएको छ ।

इन्टेरियरको कुरा गर्नुपर्दा यसअघिको ८ इन्चको इन्फोटेन्मेन्ट टचस्क्रिनलाई हटाएर यसमा १० इन्चको राखिएको छ । यसको साथै एसी भेन्ट्स, सेन्ट्रल कन्सोल, डिजिटन इन्स्ट्रयुमेन्ट क्लस्टर र सिटलाई पनि अपग्रेड गरिएको छ । यो नयाँ अपग्रेडेड मोडलमा अटो वाइपर, एलइडी हेडल्याम्प, पावर ड्राइभर सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, पानारोमिक सनरुफ, ह्यान्ड्स फ्रि टेलगेट ओपनिङ, ह्यान्ड्स फ्रि पार्किङ, ६ वटा एयरव्याग र इएससी एवं ट्रयाक्सन कन्ट्रोल लगायत फिचर्सलाई रेगुलर मोडलबाटै निरन्तरता दिइएको छ ।

यो नयाँ एसयूभीको इन्जिन र पावरट्रेन पुरानै मोडलबाट लिइएको छ । जसअनुसार २.० लिटर डिजेल इन्जिन जडित यो एसयूभीले १७७ एचपी पावर र ४०० एनएम टर्क जेनेरेछ गर्नेछ । ८ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरवक्स जडान गरिएको यो एसयूभीले १७.५ किलोमिटर माइलेज प्रदान गर्ने दावी छ ।

सिट्रोन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको ब्रान्ड हो । नेपालका लागी आधिकारिक वितरका रुपमा सांग्रिला मोटर्सले यो ब्रान्डलाई आयत गरी कारोवार गर्दै आइरहेको छ । हाल नेपालमा यसको सि५ एयरक्रस बिक्री भैरहेकोमा फेसलिफ्ट मोडल लन्च भएपश्चात सो अपग्रेडेड मोडल समेत अवको केही समयपछि नेपाल आउने अनुमान लगाउन सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...