फिचर थप भएर आउँदै सिट्रोन सी ३, नेपालमा प्रतिवन्ध हटेपछि आउने

फ्रेन्च अटो निर्माता सिट्रोनले सि ३ मा केही फिचर थप गर्ने भएको छ । भारतमा यसै वर्षको जुलाई महिनामा लन्च भएको यो सव कम्प्याक्ट एसयूभीमा कम्पनीले रियर वाइपर र अलोय ह्विल सहित इन्टेरियरमा समेत केही फिचर्स थप गर्न लागेको हो । म्यानुअल गियरवक्समा मात्र उपलब्ध यो कारमा दिइएको फिचर्स कम भएको गुनासो बढ्न थालेपछि यसलाई थप गर्न लागिएको हो । यो कार अव अटोमेटिक भर्सनमा समेत आउन सक्ने आँकलन गरिएको छ ।

सिट्रोन सी३ लाइभ र फिल गरी कुल २ भेरियन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये लाइभ भेरियन्टमा १.२ लिटरको नेचुरल्लि एस्पिरिटेड इन्जिन जडान गरिएको छ भने यसले ८२ हर्ष पवार जेनेरेट गर्दछ । अर्को भेरियन्ट फिलमा १.२ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन दिइएको छ जसले ११० हर्सपावरको शक्ति जेनेरेट गर्ने दावी गरिएको छ । यो कारमा कम्पनीले पाँच स्पीडको म्यानुअल ट्रास्मिसन सिस्टम दिएको छ ।

यो कारको ह्विलवेस २ हजार ५४० एमएम रहेको छ भने ग्राउन्ड क्लिरियन्स १८० एमएम छ । कारमा पछाडि बस्ने पेसेन्जरका लागि समेत यथेस्ट लेगरुम रहेको छ । यसको क्याबिनमा १० इन्चको इम्फोटेन्मेट सिस्टम रहेको छ । वायरलेस स्मार्ट फोन चार्जर समेत रहेको यो कारमा ३ वटा फास्ट चार्जिङ यूएसबी पोर्ट तथा एउटा १२ भोल्टको सकेट समेत दिइएको छ । कारमा थ्री स्पोक स्टेरिङ ह्वील, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर तथा म्यानुअल एयरकन्डीसन रहेको छ ।

भारतीय बजारमा ५ लाख ८८ हजारदेखी ८ लाख १५ हजार भारुसम्म मूल्य निर्धारण गरिएको यो कारले टाटा पन्च, रेनो काइगर र निशान म्याग्नाइट लागयत साना एसयूभीसंग प्रतिस्पर्धा गरिरहेको छ । यो कारलाई नेपालस्थित आधिकारिक वितरक सांग्रिला मोटर्सले यसअघि नै भित्राउने तयारी थालेपनि विद्यमान आयतमाथीको प्रतिवन्धका कारण ल्याउन सकिरहेको छैन । प्रतिवन्ध हटे लगत्तै यो कार नेपाल आउने कम्पनी स्रोतले बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...