१८ मिनेटमै सोल्ड आउट भयो सिट्रोनको मिनी ईभी

केही दिन पहिले सिट्रोनले लन्च गरेको माई एमी बग्गी नामक सानो इलेक्ट्रिक कार लन्च गरेको छ । माई एमी बग्गी कन्सेप्टमा आधारित ५० युनिट फ्रान्समा बिक्रीका लागि उपलब्ध गराइएको र बुकिङ खुलेको १७ मिनेट २८ मिनेटमै यसको सबै युनिट सोल्ड आउट भएको छ ।

गत जुन २१ मा सिट्रोनको वेबसाइटमा सम्भावित ग्राहक झुम्मिन पुगे । सबै गरी करिव १ हजार ८ सय जनाले सो ईभी किन्ने इच्छा देखाए पनि ५० जनाले मात्र किन्ने अवसर पाएका छन् । क्रसओभर स्टाइलको सो सानो कार धेरैले रुचाएको पाइएको छ ।

रेगुलर एमी भन्दा माई एमी बग्गीमा केही कुरा फरक छन् । यसमा रोलब्याक गर्न सकिने क्यानभास रुफ छ । त्यसैगरी ओपन एयर एक्सपेरियन्सका लागि ढोकाको सट्टा मेटल ट्युब गेट छ ।

सो ईभीमा खाकी पेन्ट गरिएको बडी छ । बम्पर र ह्विल आर्कमा ब्ल्याक प्लाष्टिक क्लेडिङ र गोल्ड फिनिस्ड स्टिल छ । यसमा ६ किलोवाटको मोटर र ५.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ भने यसले सिंगल चार्जमा ७० किलोमिटर रेन्ज दिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा नेक्सन इलेक्ट्रिक अब नेपालमा : चाँडै बुकिङ खुल्ने कम्पनीको घोषणा

टाटा नेक्सन इलेक्ट्रिक अब नेपालमा : चाँडै बुकिङ खुल्ने कम्पनीको घोषणा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

एक्सटेन्डेड–रेन्ज हाइब्रिडका लागि पहिलो पटक चाइनिज कम्पनी सीएटीएलले ल्यायो नयाँ ब्याट्री

एक्सटेन्डेड–रेन्ज हाइब्रिडका लागि पहिलो पटक चाइनिज कम्पनी सीएटीएलले ल्यायो नयाँ ब्याट्री

चाइनिज ब्याट्री निर्माता कम्पनी सीएटीएल (क्याटल) ले एक्सटेन्डेड–रेन्ज...

बागमतीमा ट्याक्सी भाडादर कति ? पेट्रोलियम ट्याक्सी भन्दा विद्युतीय ट्याक्सीको भाडादर किन फरक ?

बागमतीमा ट्याक्सी भाडादर कति ? पेट्रोलियम ट्याक्सी भन्दा विद्युतीय ट्याक्सीको भाडादर किन फरक ?

काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीको भाडादर गत वर्षको बैशाख महिना देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...