नेपाली बजारमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक
काठमाडौँ : सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर...
सिट्रोनले आफ्नो लोकप्रिय कार सी३ को इलेक्ट्रिक भर्सन ईसी३ भारतमा लन्च गरेको छ । कम्पनीले यसको मूल्य ११ लाख ५० हजार भारु देखि सुरु गरेको छ ।
सिट्रोनले सो ईभीलाई लाइभ, फिल, फिल भाइब प्याक, फिल ड्युअल–टोन भाइब गरी ४ भेरिएन्टमा लन्च गरेको छ । सो ईभीको बुकिङ पनि सुरु भइसकेको छ । यसको लागि २५ हजार भारुमा बुक गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
सिट्रोन ईसी३ मा २९.२ केडब्ल्युएचको ब्याट्री प्याक दिइएको छ । जसले ५७ बीएचको पावर र १४३ एनएमको टर्क जेनेरेट गर्छ । सिट्रोनलको सो ईभीले ८ सेकेन्डमा ०–६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने दाबी गरिएको छ ।
सो ईभीको ब्याट्रीलाई फुल चार्ज गर्न १० घण्टाको समय लाग्छ भने डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशतसम्म चार्ज हुन ५९ मिनेटको समय लाग्छ । एक पटक फुल चार्ज भइसकेपछि सो कारले ३२० किमीको रेन्ज प्रदान गर्छ ।
कम्पनीले यसमा अटोमेटिक ड्राइभको लागि ई–टगल स्विच दिएको छ । सामान राख्नको लागि ३१५ लिटरको बुट स्पेस दिइएको छ । यसमा ३५ स्मार्ट फिचर, २६ सेमी टचस्क्रिनसहितको वायरलेस स्क्रिन मिररिङ, स्टेयरिङ ह्विलमा अडियो र फोन कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी, १८० एमएम ग्राउन्ड क्लियरेन्स, एलईडी डीआरएल फिचर दिइएको छ ।
काठमाडौँ : सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर...
काठमाडौं – अत्याधुनिक प्रविधिमा आधारित विद्युतीय सवारी निर्माता...
सन् २०२३ मा लन्च गरिएको टेस्ला साइबरट्रक अमेरिकी सडकमा दुर्घटना भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...