कहिले लन्च हुन्छ सिट्रोनको इलेक्ट्रिक ईभी ईसी३ ? यस्तो छ विशेषता

सिट्रोनले पहिलो इलेक्ट्रिक कार ईसी३ लन्च गर्ने तयारी भइरहेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले यसलाई फेब्रुअरीको मध्यसम्ममा लन्च गर्ने सम्भावना छ । यद्यपि यसबारे कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

सिट्रोन ईसी३ को बुकिङ पनि सुरु भइसकेको छ । यसलाई अनलाइनबाट पनि २५ हजार भारुमा बुक गर्न सकिन्छ ।

रिपोर्टका अनुसार ईसी३ को सुरुवाती मूल्य लगभग टियागोको मूल्यको बराबर हुनेछ । बजारमा सो कार टाटा टियागोसँग प्रतिस्पर्धा गर्नेछ ।

सो कारमा २६ सेमीको सिट्रोन कनेक्ट टचस्क्रिन हुनेछ, जुन वायरलेस स्क्रिन मिररिङको साथ आउनेछ । यसको साथै यसमा ३५ वटा स्मार्ट फिचर दिइएको छ जसलाई सिट्रोन एप मार्फत प्रयोग गर्न सकिन्छ । यसमा इको र स्ट्यान्डर्ड गरी २ मोड दिइएको छ ।

यसमा कम्पनीले २९.२ किलोवाटको लिथियम आयोन ब्याट्री दिनेछ । यसको ब्याट्रीलाई १५ एम्पियरको प्लगबाट १० देखि १०० प्रतिशत चार्ज गर्न १० घन्टा ३० मिनेटको समय लाग्छ । साथै फास्ट चार्जिङ मार्फत मात्र ५७ मिनेटमा १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

ईसी३ कारमा ५७ पीएस पावर र १४३ एनएम टर्क जेनेरेट गर्छ । सो कारको टप स्पिड १०७ किलोमिटर प्रतिघन्टाको छ । सो कार ० देखि ६० किलोमिटरको स्पिड लिन मात्र ६.८ सेकेण्डको समय लाग्छ ।

सम्बन्धित समाचारहरू

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गर्ने तयारीमा एमएडब्लु वृद्धि

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गर्ने तयारीमा एमएडब्लु वृद्धि

काठमाडौं – नेपालका लागि चांगान कार तथा दिपल ईभीको आधिकारिक विक्रेता...

बीवाईडी हाई–टेक विक सम्पन्न, गरियो बीवाईडी एट्टो ३ को १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी

बीवाईडी हाई–टेक विक सम्पन्न, गरियो बीवाईडी एट्टो ३ को १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी

काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा

ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा

काठमाडौं – ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को आधिकारिक वितरकको रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...