कहिले लन्च हुन्छ सिट्रोनको इलेक्ट्रिक ईभी ईसी३ ? यस्तो छ विशेषता

सिट्रोनले पहिलो इलेक्ट्रिक कार ईसी३ लन्च गर्ने तयारी भइरहेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले यसलाई फेब्रुअरीको मध्यसम्ममा लन्च गर्ने सम्भावना छ । यद्यपि यसबारे कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

सिट्रोन ईसी३ को बुकिङ पनि सुरु भइसकेको छ । यसलाई अनलाइनबाट पनि २५ हजार भारुमा बुक गर्न सकिन्छ ।

रिपोर्टका अनुसार ईसी३ को सुरुवाती मूल्य लगभग टियागोको मूल्यको बराबर हुनेछ । बजारमा सो कार टाटा टियागोसँग प्रतिस्पर्धा गर्नेछ ।

सो कारमा २६ सेमीको सिट्रोन कनेक्ट टचस्क्रिन हुनेछ, जुन वायरलेस स्क्रिन मिररिङको साथ आउनेछ । यसको साथै यसमा ३५ वटा स्मार्ट फिचर दिइएको छ जसलाई सिट्रोन एप मार्फत प्रयोग गर्न सकिन्छ । यसमा इको र स्ट्यान्डर्ड गरी २ मोड दिइएको छ ।

यसमा कम्पनीले २९.२ किलोवाटको लिथियम आयोन ब्याट्री दिनेछ । यसको ब्याट्रीलाई १५ एम्पियरको प्लगबाट १० देखि १०० प्रतिशत चार्ज गर्न १० घन्टा ३० मिनेटको समय लाग्छ । साथै फास्ट चार्जिङ मार्फत मात्र ५७ मिनेटमा १० देखि १०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

ईसी३ कारमा ५७ पीएस पावर र १४३ एनएम टर्क जेनेरेट गर्छ । सो कारको टप स्पिड १०७ किलोमिटर प्रतिघन्टाको छ । सो कार ० देखि ६० किलोमिटरको स्पिड लिन मात्र ६.८ सेकेण्डको समय लाग्छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु, इलेक्ट्रिक कारका लागि अत्याधुनिक सुविधा

बीवाईडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु, इलेक्ट्रिक कारका लागि अत्याधुनिक सुविधा

काठमाडौं – बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस...

यूरो एनक्याप टेस्टमा एवोन भीलाई ५ स्टार सेफ्टि रेटिङ

यूरो एनक्याप टेस्टमा एवोन भीलाई ५ स्टार सेफ्टि रेटिङ

काठमाडौं–एवोन भीले हालै यूरो एनक्याप टेस्ट २०२५ मा ५ स्टार सेफ्टी रेटिङ...

‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी रहेको ईभी ब्रान्ड सेरेसको अबको गन्तव्य बन्दै नेपाल

‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी रहेको ईभी ब्रान्ड सेरेसको अबको गन्तव्य बन्दै नेपाल

विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी रहेको विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...