सीट्रोन ईसी–३ मा थपियो नयाँ भेरिएन्ट, यस्तो छ मूल्य र फिचर

फ्रेन्च अटो निर्माता सिट्रोनले ईसी–३ को नयाँ भेरिएन्टलाई भारतमा लन्च गरेको छ । यसअघि फील र लाईभ भेरिएन्टमा मात्र उपलब्ध ईसी–३ को टप स्पेक भेरिएन्ट साइन थप भएको हो ।

सो नयाँ भेरिएन्ट तीनवटा ट्रिममा उपलब्ध हुने र मूल्य १३ लाख १९ हजार ८०० देखी १३ लाख ४९ हजार ८०० भारुसम्म पर्ने जनाइएको छ । ईसी–३ लाई कम्पनीले गत वर्षको फेब्रुअरी महिनामा लन्च गरेको थियो ।

सो नयाँ भेरिएन्टमा इलेक्ट्रोनिकल्लि एड्जस्टेवल ओआरभीएमएस, रियर पार्किङ क्यामेरा, १५ इन्चको डायमन्ड कट अलोई ह्विल, फ्रन्ट र रियरमा स्किड प्लेट, रियर वाइपर एबं वासर, रियर डिफगर र लेदरले वेरिएको स्टेरिङ ह्विल थप गरिएका छन् । बाँकी फिचर र मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।

नेपाली बजारमा समेत उपलब्ध ईसी–३ मा २९.२ किलोवाट आवरको ब्याट्री र ४२ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ३.३ किलोवाट अनबोर्ड एसी चार्जर दिइएको यो ईभीलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटरसम्म यात्रा गर्न सकिने एआरएआईले दावी गरेको छ ।

साथै यसको पावर ५६ बीएचपी र टर्क १४३ एनएम रहेको छ । १०७ किलोमिटर टप स्पिड भएको यसलाई डिसी फास्ट चार्जरको साहयतामा ५७ मिनेटभित्रै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सांग्रिला मोटर्सले बिक्री गर्दै आएको यो ईलेक्ट्रिक कारको मूल्य नेपाली बजारमा ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार निर्धारण गरिएको छ । कम्पनीले यसको टप स्पेक भेरिएन्टलाई पनि छिट्टै ल्याएर बिक्री गर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

काठमाडौं – फ्रेन्च डिएनएको सिट्रोन ई–सी३ (ईसीथ्री) को बुकिङ हाल चलिरहेको छ...

२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

काठमाडौं – सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

सिट्रोनले ल्यायो न्यु इयर बोनान्जा : सी३ मा २ लाख र ई–सी३ मा १ लाख सम्मको लाभ

सिट्रोनले ल्यायो न्यु इयर बोनान्जा : सी३ मा २ लाख र ई–सी३ मा १ लाख सम्मको लाभ

काठमाडौं – नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...