साझा यातायातलाई ४० वटा विद्युतीय बस उपलब्ध गराउने भयो चीनको सीएचटीसीले, भयो सम्झौता

काठमाडौं – साझा यातायातले चीनको सीएचटीसी किन्विन (नान्जिङ) अटोमोबाइल कम्पनी लिमिटेडबाट ४० वटा विद्युतीय बस र यसलाई आवश्यक पर्ने चार्जर खरिद गरी ५ वर्ष सम्म मर्मत सम्भार गर्ने सम्झौता गरेको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा साझा यातायातको तर्फबाट सञ्चालक समिति सदस्य बन्दना थापा र सीएचटीसीको तर्फबाट सीएचटीसीको नेपाल प्रतिनिधिको रुपमा एनईभी नेपाल प्रालि (दीगो ग्रुप) का प्रबन्ध निर्देशक राजन रायमाझीले हस्ताक्षर गरे । दीगो ग्रुपले हाल नेपाली बजारमा दीगो ब्रान्डमा विभिन्न विद्युतीय सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

सम्झौता अनुसार साझा यातायातले ४० वटा विद्युतीय बस र २० वटा चार्जरको लागि अमेरिकी डलर ३७ लाख ३८ हजार ५५० तथा आवश्यक तालिम र ५ वर्षको मर्मत सम्भारका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ प्रदान गर्नेछ ।

साझा यातायातले गत २०७७ चैत १३ मा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार ९ वटा कम्पनीहरुले बुझाएको बोलपत्रको मूल्यांकन गरी सबै प्राविधिक स्पेसिफिकेसन मिलेको र सबैभन्दा कम मूल्य कबुल गरेको सीएचटीसीको प्रस्ताव स्वीकृत गरेको बताएको छ । सो कम्पनीले शुरुमा ३ वटा बसहरु ४ महिना भित्र ल्याउने र काठमाडौं उपत्यकामा परीक्षण गरिए पश्चात बाँकी बस भित्र्याउने बताइएको छ ।

२६ सिट क्षमताका यी अपांगमैत्री बसले एक पटक चार्ज गर्दा ४२ भन्दा बढी यात्रु लिई २ सय किलोमिटर गुड्न सक्ने छन् ।

साझा यातायातले यी भन्दा ठूला विद्युतीय गाडीहरु गुडाउनका लागि समेत आवश्यक अनुसन्धान शुरु गरेको बताएको छ । त्यसैगरी ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप ४ वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ । नेपाल सरकार र विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेसन स्थापना गर्ने र पुराना डिजेल गाडीहरुलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने कार्य पनि अगाडि बढाइरहेको छ ।

सम्बन्धित समाचारहरू

अविरल वर्षाका कारण देशभरका सडक अवरुद्ध : दसैं मनाउन हिडेका सर्वसाधारण मर्कामा

अविरल वर्षाका कारण देशभरका सडक अवरुद्ध : दसैं मनाउन हिडेका सर्वसाधारण मर्कामा

अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र...

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैं अघि नै सञ्चालनमा आउँदै

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैं अघि नै सञ्चालनमा आउँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दशैंअघि...

तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न सडकमा क्यामेरा जडान

तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न सडकमा क्यामेरा जडान

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...