चेरीको नयाँ आई-कारको मूल्य १६ हजार ५०० डलर, चीन बाहिर जेको ब्राण्डमा बिक्री हुने

काठडमाडौं–चेरी र स्मार्ट फोन निर्माता सायोमीले ले संयुक्त रुपमा उत्पादन गरेको आई-कार भी२३ १६ हजार ५०० डलरमै आउने भएको छ । सो नयाँ कारको मूल्य चीनमा १६ हजार ५०० डलरदेखी सुरु हुने अनलाइनमा लिक कम्पनीको आन्तरिक डकुमेन्टले पुष्टि गरेको हो ।

आई-कार भी२३ चीन बाहिर जेको/लुकानो ब्राण्डमा बिक्री हुने कम्पनीको भनाई छ । कम्पनीले यसअघि ल्याएको आई-कार ०३ जेको जे६ नामले बिक्री हुँदै आएको छ । जुन नेपाली बजारमा औपचारिक लन्च हुने तयारीमा छ ।

वक्सि स्टाइलमा तयार पारिएको सो नयाँ कारको चीनमा बुकिङ सुरु भइसकेको छ । पावरट्रेनका वारेमा कुनै जानकारी वाहिर नल्याइएपनि यसमा ३०० देखी ५०० किलोमिटरसम्म रेन्ज दिने ब्याट्री प्याक जडान हुनसक्ने अनुमान गरिएको छ ।

हालको आई-कार ०३ अर्थात जेको जे६ भन्दा साइजमा केही सानो हुने भएपनि भी२३ फिचर र सुविधाको मामलमा माथी नै रहने बताइएको छ ।

आई-कार भी२३ को लम्बाई ४२२० एमएम, चौडाई १९१५ एमएम तथा उचाई १८४५ एमएम र ह्विलवेश २७३० एमएम लामो छ । साथै यसको अफ–रोडर अर्थात फोर–ह्विल–ड्राइभ मोडलको ग्राउन्ड क्लिरियन्स २१२ एमए र टु–ह्विल–ड्राइभको २०६ एमएम हुने जनाइएको छ ।

सो नयाँ कारको इन्टेरियमा ठूलो आकारको फ्लोटिङ स्क्रिन, थ्री–स्पोक राउन्ड स्टेरिङ ह्विल, वेभ राडर र क्वालकमको स्न्यापड्रयागन ८१५५ चीप लगायत सुबिधा दिइएको छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्चको टिजर सार्वजनिक, थाहा भयो केही फिचर

टाटा पन्च ईभी लन्च हुनु अघि सो कारको टिजर सार्वजनिक भएको छ । कम्पनीले टाटा...

नाडा अटो शोमा टीभीएसले इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्ने

नाडा अटो शोमा टीभीएसले इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्ने

टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा आफ्नो...

सिप्रदी र यात्रीबिच दुई पांग्रे विद्युतीय सवारी उत्पादनका लागि भएको सम्झौताले ल्याएको नयाँ आशा

सिप्रदी र यात्रीबिच दुई पांग्रे विद्युतीय सवारी उत्पादनका लागि भएको सम्झौताले ल्याएको नयाँ आशा

“मेड इन नेपाल” दुइ पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्नका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...