चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला सम्पन्न, विभिन्न समस्या वारेमा छलफल

नाडाका अध्यक्ष धु्र्रव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल ब्यवसायको बर्तमान परिस्थिति र भबिष्यको संभावना आदि बिषयमा केन्द्रित रहेर शुक्रबार र शनिबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनका बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नाडाका पुर्ब अध्यक्षहरु समेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा भब्य रुपमा सम्पन्न भएको छ ।

सो भेलाले बैंकहरुको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागु गरेको, जोखिम भार र एलसी मार्जिन लगायतका विषयहरुमा समेत छलफल गरेको थियो ।

उक्त कार्यक्रममा नाडाका पूर्व अध्यक्षहरु रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले कार्यक्रममा व्यवसायीहरुलाई मार्गदर्शन गर्दै नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकता बारे.चर्चा गरे ।

सो कार्यक्रममा नाडाका १ न. प्रदेश अन्तर्गत रहेको मोरङ्ग अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, मधेश प्रदेश अन्तर्गत रहेको जानकी अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष तेज नारायण साह, बागमती प्रदेश अन्तर्गत रहेको चितवन अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद भण्डारी तथा हेटौडा अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दामोदर प्रसाद अटल, गण्डकी प्रदेश अन्तर्गत रहेको पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश अन्तर्गत रहेको लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराई, कर्णाली प्रदेश अन्तर्गत रहेको कर्णाली अटोमोवाइल्स एसोसिएसन नेपालका अध्यक्ष भद्र भण्डारी र सुदूर पश्चिम प्रदेश अन्तर्गत रहेको सुदुर पश्चिम अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष पुष्करराज ओझाले आन्दोलनका सम्बन्धमा आआफनो धारणा व्यक्त गरेका थिए ।

सो भेलाले दोश्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघि बढाउने निर्णय समेत गरेको छ । साथै व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढता समेत व्यक्त गरेकोे छ ।

सो बृहत छलफलमा सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजी प्रयोजनका सवारी साधन र १५० सीसी भन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथि उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलायन हुने अवस्था आएकोले व्यवसायीहरुले दोश्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको बताएको छ ।

नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी मंसिर २२ गते काठमाडौ लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा विशेष प्रस्तुतिकरण गरेका थिए ।

त्यसैगरी उक्त कार्यक्रममा नेपालका प्रख्यात मोटिभेसनल महेश दाहालले व्यवसाय सञ्चालनको क्रममा आउने चुनौती र समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयमा प्रस्तुतिकरण गरेका थिए ।

सोही क्रममा नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका सभापति सुनिल रिजालले व्यवसायीहरुले गर्र्ने भनिएको दोश्रो चरणको आन्दोलनको ढाँचा बारे जानकारी दिएका थिए ।

सो कार्यक्रमको धन्यबाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए ।

सोही दिन बसेको नाडाको १३औँ कार्य समितिको बैठकले नाडाको आउदो ४६औँ वार्षिक साधारण सभा २०७९ साल माघ २७ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

भन्सारमा थुप्रिए गाडी, छुटाउन सहजीकरणका लागि नाडाको आग्रह

भन्सारमा थुप्रिए गाडी, छुटाउन सहजीकरणका लागि नाडाको आग्रह

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको...

अटो शोको सफलतालाई कारोबार रकमसंग मात्रै जोडेर हेर्नु हुँदैन : सुरेन्द्रकुमार उप्रेतीको अन्तर्वार्ता

अटो शोको सफलतालाई कारोबार रकमसंग मात्रै जोडेर हेर्नु हुँदैन : सुरेन्द्रकुमार उप्रेतीको अन्तर्वार्ता

सवारीसाधनको कुम्भ मेला नाडा अटो शो–२०२४ भोलीदेखी काठमाडौंमा आयोजना हुँदै...

बरिष्ठ उपाध्यक्षमा गोल्छा, उपाध्यक्षमा श्रेष्ठद्वय, यस्तो बन्यो नाडाको नयाँ कार्यसमिति

बरिष्ठ उपाध्यक्षमा गोल्छा, उपाध्यक्षमा श्रेष्ठद्वय, यस्तो बन्यो नाडाको नयाँ कार्यसमिति

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसनको नयाँ कार्यसमितिलाई आज पूर्णता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...