ईभी ब्याट्रीमा चिनियाँ कम्पनीको हिस्सा ७० प्रतिशत, कमजोर बन्दै कोरियन कम्पनी

चिनियाँ इलेक्ट्रिक सवारीसाधन अर्थात ईभी ब्याट्री निर्माता कम्पनीहरूले विश्व बजारमा आफ्नो उपस्थिति उल्लेखनीय रूपमा बढाएका छन्। पछिल्लो तथ्यांकअनुसार सन् २०२५ मा विश्वव्यापी ईभी ब्याट्री बजारमा चिनियाँ कम्पनीहरूको संयुक्त हिस्सा ७० प्रतिशत नाघेको छ, जुन २०२१ मा ५० प्रतिशतभन्दा कम थियो।

यस क्षेत्रमा अग्रणी कम्पनी सीएटीएललले सन् २०२५ मा ३९.२ प्रतिशत बजार हिस्सा हासिल गर्दै शीर्ष स्थान कायम राखेको छ। दक्षिण कोरियाको एसएनई रिसर्च रिपोर्टका अनुसार यो हिस्सा अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले बढेको हो। सीएटीएलले विभिन्न फरक मूल्य रेन्जमा ईभी तथा प्लग–इन हाइब्रिड सवारीका लागि ब्याट्री उपलब्ध गराउँदै आएको छ, जसका ग्राहकहरूमा फक्सवागन र मर्सिडिज बेन्ज जस्ता युरोपेली अटो निर्माता कम्पनीहरू समेत पर्छन्।

कम्पनीको नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। २०२५ मा सीएटीएलको खुद नाफा ४२ प्रतिशतले वृद्धि भई ७२.२ अर्ब युआन अर्थात झण्डै १०.५ अर्ब अमेरिकी डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।

विश्वव्यापी ईभी बिक्री केही क्षेत्रमा, विशेषगरी अमेरिकामा, सुस्त देखिए पनि समग्र रूपमा वृद्धि जारी छ। २०२५ मा विश्वभर ईभी ब्याट्री जडान क्षमता ३२ प्रतिशतले बढेर १,१८७ गिगावाट आवर पुगेको छ, जसमा करिब ६० प्रतिशत हिस्सा चीनको रहेको छ। चीनमा सरकारी अनुदान तथा नयाँ ऊर्जा सवारी प्रवद्र्धन नीतिका कारण बजार विस्तार भइरहेको छ।

एसएनई रिसर्चका अनुसार २०२५ मा विश्वका शीर्ष १० अटोमोटिभ ब्याट्री निर्मातामध्ये ६ वटा चिनियाँ कम्पनी रहेका छन्। तिनीहरूको संयुक्त बजार हिस्सा ७०.४ प्रतिशत पुगेको छ, जुन २०२४ को तुलनामा करिब ४ प्रतिशतले बढी हो।

सीएटीएल पछि दोस्रो स्थानमा रहेको बीवाईडीले आफ्नै सवारीका लागि ब्याट्री उत्पादन गर्ने मात्र होइन, अन्य कम्पनीहरूलाई पनि आपूर्ति विस्तार गरिरहेको छ। यसले शाओमी र स्टेलान्टिस जस्ता कम्पनीहरूसँग सहकार्य बढाएको छ। यसबाहेक सीएएलबी र गोसन हाइटेकले पनि आफ्नो आपूर्ति उल्लेखनीय रूपमा बढाएका छन्।

यता, दक्षिण कोरियाली ब्याट्री निर्माता कम्पनीहरू भने चुनौतीमा परेका छन्। उनीहरूको संयुक्त बजार हिस्सा २०२५ मा घटेर १५.३ प्रतिशतमा झरेको छ, जुन २०२१ को ३० प्रतिशतभन्दा बढी हिस्साको करिब आधा हो।

दक्षिण कोरियाको प्रमुख कम्पनी एलजी इनर्जी सोलुसनको नाफा २०२५ मा ७६ प्रतिशतले घटेर ८०.८ अर्ब वन -करिब ५४.३ मिलियन डलर) मा सीमित भएको छ, जुन सीएटीएलको नाफाको १ प्रतिशतभन्दा पनि कम हो। एसके अन र सामसुङ दुवैले घाटा व्यहोरेका छन्।

विशेषगरी अमेरिकी बजारमा निर्भरता दक्षिण कोरियाली कम्पनीहरूको कमजोर पक्ष बनेको छ। अमेरिकी नीतिगत परिवर्तनले ईभी प्रवद्र्धनमा कमी ल्याउँदा उनीहरूको बिक्री प्रभावित भएको छ।

जापानी कम्पनी पानासोनिक होल्डिङ्स भने ४ प्रतिशतभन्दा कम बजार हिस्सासहित सातौं स्थानमा रहेको छ। यसले अमेरिकाको क्यान्ससमा नयाँ ब्याट्री प्लान्ट सुरु गरे पनि प्रमुख ग्राहक टेस्लाको बिक्री घटेपछि उत्पादन विस्तार योजना केही समयका लागि स्थगित गरेको छ।

आगामी दिनमा चिनियाँ बजारमा केही सुस्तता आउने संकेत देखिएको छ। २०२५ को अन्त्यमा चीन सरकारले ईभी खरिदमा दिइने अनुदान परिमार्जन गरेपछि २०२६ को जनवरी–फेब्रुअरीमा नयाँ ईभी बिक्री २८ प्रतिशतले घटेको छ।

यद्यपि, चिनियाँ कम्पनीहरूले अन्तर्राष्ट्रिय विस्तारलाई तीव्र बनाएका छन्। सीएटीएलले हंगेरीमा आफ्नो पहिलो उत्पादन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ भने सीएएलबीले युरोप र दक्षिण–पूर्व एशियामा उत्पादन विस्तार गरिरहेको छ।

समग्रमा, मूल्य प्रतिस्पर्धा, प्रविधिगत विकास र ठूलो उत्पादन क्षमताका कारण चिनियाँ कम्पनीहरूले ईभी ब्याट्री बजारमा आफ्नो प्रभुत्व अझ मजबुत बनाउँदै लगेका छन्।

सम्बन्धित समाचारहरू

अन्ततः अमेरिकामा फ्लाइङ कारले पायो स्वीकृति, छिट्टै नै आकाशमा फ्लाइङ कार देख्न सकिने

अन्ततः अमेरिकामा फ्लाइङ कारले पायो स्वीकृति, छिट्टै नै आकाशमा फ्लाइङ कार देख्न सकिने

अमेरिकामा फ्लाइङ कारले अनुमति पाएको छ । एलेफ एरोनटिक्सको कारलाई फ्लाइङ...

ईभी ब्राण्डमात्रै बन्ने योजनाबाट पछि हट्यो मर्सिडिज बेन्ज

ईभी ब्राण्डमात्रै बन्ने योजनाबाट पछि हट्यो मर्सिडिज बेन्ज

लक्जरी कार ब्रान्ड मर्सिडिज वेन्ज २०३० सम्ममा ईभी ब्राण्डमात्रै बन्ने...

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...