स्थापित कम्पनीको रोजाइमा चिनियाँ ब्रान्ड, कस्तो रहला बजार

उत्पादन र खपतको हिसावले चीन विश्वको सबैभन्दा ठूलो अटोबजार हो । हाल चीनमा विश्व बजारमा कहलिएका प्रायः सबैजसो बहुराष्ट्रिय ब्रान्डका सवारीसाधन उत्पादन हुँदै आइरहेका छन् । पछिल्लो समय चीनले आफ्नै देशमा डिजाइन गरिएका अत्याधुनिक सवारीसाधन उत्पादन गरी विश्व बजारमा निर्यात गर्दै आइरहेको छ । यस्तोमा नेपाली बजारमा समेत चिनियाँ ब्रान्डका सवारीसाधनको बर्चश्व बढ्दै जाने संकेतहरु देखापर्न थालेको छ ।

निकट भविष्यमै भारतीय बजारमा समेत प्रवेश गर्ने तयारी थालेका यस्ता ब्रान्डहरु अहिले नेपाली अटो व्यवसायीको नजरमा पर्न थालेका छन् । विगतमा अटोमोबाइल व्यवसायमा खासै अनुभब हासिल नगरेका व्यवसायीका कराण अधिकांश चिनियाँ ब्रान्डले बद्नामी हुनुपरेको थियो । तर अहिले अटोमोबाइल व्यवसायमा स्थापित र कहलिएका कम्पनी र व्यक्तिहरु नै यस्ता ब्रान्ड भित्राउन अघि सरेबाट भविष्यमा यस्ता साधनको बजार व्यवस्थित बन्दै जाने अनुमान लगाउन सकिन्छ ।

डीएफएसकेले जगाएको आशा
२ बर्षअघि नेपाल भित्रिएको चिनियाँ ब्रान्ड डीएफएसके अहिले चर्चाको शिखरमा छ । विगतको खराब रेकर्डसंग मुकाबिला गर्दै अघि बढ्न सफल यो ब्रान्डका एसयुभी अहिले नेपाली कार पारखीको रोजाई बन्न थालेको छ । यो अवधिमा ५ दर्जन बढी एसयूभी बिक्री गर्न सफल भएबाट यो ब्रान्डप्रति नेपाली उपभोक्ताको रुचि बढ्न थालेको प्रष्ट हुन्छ । उपभोक्तको रुचि बढ्दै गएपछि आधिकारिक बितरक डीएफएसके मोटर्सले हालसालै नक्सालमा सुबिधासम्पन्न नयाँ सोरुम समेत सञ्चालनमा ल्याएको छ । साथै उसले नयाँ मोडलको एसयूभी ग्लोरी आई–अटो समेत सार्वजनिक गरेको छ ।

डीएफएसकेको बिक्री बढ्दै गएपछि अन्य कम्पनीहरुले समेत नयाँ ब्रान्ड भित्राउने तयारी थालेका छन् । यही मेसोमा विशाल ग्रुपले ग्रेटवाल ल्याउने पक्कापक्की भैसकेको छ भने बिगतमा गिली ब्रान्डको कारोबार गरेको साख एन्ड कम्पनीले अर्को नयाँ ब्रान्ड बीएआईसी भित्र्याउने तयारी थालेको छ ।

केही समयअघि चर्चित अटो व्यवसायी देवश्वरुप महर्जनले वगवार्ड भित्र्याएका थिए भने हाल अटोबजारमा चर्चा कमाउन सफल एमजी मोटर्स समेत चिनियाँ ब्रान्ड नै हो । यसैगरी यामाहा, स्कोडा, जिप र जेसिबी जस्ता प्रख्यात ब्रान्डको कारोबार गर्दै आइरहेको एमएडब्लु ग्रुपले समेत फोटोन ब्रान्डको कारोबार गर्दै आइरहेको छ । फोटोनका मिनीबस र पिकअप राम्रै संख्यामा कारोबार समेत भैरहेका छन् ।

सर्भिसमा चुनौती
चिनियाँ ब्रान्डका सवारीसाधनको कारोबार गर्दै आइरहेका अधिकांश कम्पनीहरुले सर्भिसमा जोड दिन सकिरहेका छैनन् । राम्रो संख्यामा कारोबार भएपनि डीएफएसकेले हालसम्म आफ्नै सर्भिस सेन्टर सञ्चालन गर्न भने सकिरहेको छैन । हाल डीएफएसकेको सर्भिसिङ ज्वागलस्थित बिधाता अटोमोबाइल्सबाट हुँदै आइरहेको छ । त्यसैगरी अन्य ब्रान्डले समेत सर्भिसमा भन्दा बिक्रीमा नै जोड दिने परम्परा कायमै छ ।

विगतमा जस्तो सर्भिस र स्पेयर पार्ट्स नपाएर पुनः सास्ती खेप्नु पर्ने होकी भन्ने आशंका यस्ता गाडी खरिद गर्न चाहने उपभोक्तामाझ यथाबतै छ । यो आशंकलाई नयाँ कम्पनीले चिर्नु आबश्यक देखिन्छ । यसो हुन सकेको खण्डमा चिनियाँ ब्रान्डले बजारमा राम्रो पकड हासिल नगर्ला भन्न सकिन्न ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...