बजारमा चाइनिज ब्रान्डका ईभी, नयाँलाई स्वागत पुरानालाई कर बढाएर कसिकसाउँ

विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक भेइकल अर्थात ईभी उत्पादक राष्ट्र चीन खपतका हिसावले पनि यस्ता सवारीसाधनको सर्वाधिक ठूलो बजार हो । चीनले पछिल्लो समय ईभीका क्षेत्रमा संसारलाई नै चक्मा दिने गरी खोज तथा अनुसन्धान र नयाँ नयाँ विशेषताका सवारीसाधनको विकासलाई तीव्रता दिइरहेको छ । चीनका प्रायः सबैजसो ठूला अटो उत्पादकले ईभी उत्पादन शुरु गरिसकेका छन् भने हरेक वर्ष नयाँनयाँ स्टार्टअप कम्पनी यो क्षेत्रमा आकर्षित भैरहेका छन् ।

नेपालसँग सीमाना जोडिएको र नजिकको छिमेकी राष्ट्र भएका कारण पनि यो देशमा हुने नयाँ खोज तथा अनुसन्धान र विकासले नेपालमा समेत प्रभावित पार्दै जानुलाई सामन्य अर्थमा लिन सकिन्छ । जसको पछिल्लो उदाहरण बनिरहेको छ चाइनिज ब्रान्डका ईभीको नेपाली बजारमा बढ्दै गरेको प्रभाव । नेपाली बजारमा अहिले चीनको सबैभन्दा ठूलो ईभी उत्पादक बीवाईडी देखि आक्रामक बजार विस्तारमा उत्रिएका एमजी र ग्रेटवाल जस्ता ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध छन् । यहि मेसोमा पछिल्लो समय नयाँ ब्रान्ड नेटा भी समेत थप भएको छ ।

नेटा भीलाई निर्माण गर्ने कम्पनी होजोन मोटर्सले सन् २०१९ देखि चीनमा विभिन्न मोडलका इलेक्ट्रिक कार उत्पादन गर्दै आइरहेको छ । जसमध्ये ७० किलोवाट पावरको नेटा भी नेपाल भित्रिएको हो । यो ईभीलाई नेपाल भित्रिन हालै सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटमा गरिएको कर सम्वन्धी व्यवस्थाले झनै सहज बनाइदिएको छ । यो बजेटमा सरकारले १०० किलोवाट क्षमतासम्मका यस्ता कारको आयातमा जम्मा १५ प्रतिशत भन्सार तिरेमात्र पुग्ने व्यवस्थालाई निरन्तरता दिँदै त्यसमाथि २०० किलोवाट सम्ममा १५ प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क वृद्धि गरिदिएका कारण नेटा भीलाई बजारमा प्रतिस्पर्धा गर्न सहज देखिएको हो ।

बजारमा अहिले चीन लगायत भारत, कोरिया र जापानबाट यस्ता गाडी आयात भैरहेका छन् । जसमध्ये १०० किलोवाट सम्मको पावरमा कोरियन अटो निर्माता हुन्डाइको कोना, भारतीय अटो निर्माता टाटाको नेक्सन तथा टिगोर र चाइनिज निर्माता बीवाईडीको ई६ मोडलमात्र उपलब्ध छन् । वाँकी रहेका अन्य मोडलहरुमा एमजी जेडएस, हुन्डाई आयोनिक, निसान लिफ, किया निरो र ग्रेटवाल ब्रान्डको ओरा गुड क्याट १०० किलोवाट भन्दा माथि क्षमताका हुन् ।

यसअघि सरकारले सवै मोटर क्षमताका यस्ता कारमा लाग्ने करमा छुट र सहुलियत दिएका कारण यसअघि १०० देखि २०० किलोवाट क्षमतासम्मका माथि उल्लेखित कारहरुको बिक्रीले गति लिन थालिसकेको थियो । सोही कुरालाई मध्यनजर गर्दै कियाले ईभी६ र बीवाईडीले एट्टो ३ मोडल ल्याउने तयारी थालेका थिए । तर यसरी तयारी थालिरहँदा एक्कासी बजेटमा भारी मात्राले भन्सार र अन्तःशुल्क वृद्धि गरिदिएपछि हाल कारोबार भैरहेका र आउने क्रममा रहेका १०० किलोवाट पावरमाथिका ईभीको भविष्य धर्मसंकटमा परेको छ ।

यो बजेटले कम मोटर पावर भएका ईभीलाई प्रोत्साहन र धेरै पावर भएकालाई कसिकसाउँ गर्ने नीति लिएपछि बजारमा एकाध बाहेक अन्य ईभीको विस्तार सोचेअनुरुप नहुने प्रष्ट देखिन्छ । यस्तो अवस्थामा यदि यो नीति लामै समयसम्म रहिरह्यो भने भोलिका दिनमा कम मोटर पावर भएका नयाँ नयाँ ब्रान्ड भित्रिँदै जाने र हाल लोकप्रिय वनिरहेका अर्थात बन्ने क्रममा रहेका स्थापित ब्रान्डका नेपाल भित्रिने सम्भावित कारको बजार खुम्चिने लगभग निश्चित प्रायः छ ।

चाइजिन ब्रान्डकै कुरा गर्नुपर्दा हालको बजेटले नेटा भी वाहेक अन्य सवैजसो ब्रान्डलाई असहज परिस्थिति पैदा गरिदिएको छ । यसले यसअघि सर्वाधिक रुचाइएको एमजी जेडएस ईभी, हुन्डाई आयोनिक, ओरा गुड क्याट, निसान लिफ र किया निरोको बजार खुम्चिदै जाने र आउने क्रममा रहेका किया ईभी६ तथा बीवाईडी एट्टो३ लगायत अन्य ब्रान्डका ईभीको नेपाल प्रवेश अनिश्चित बनाइदिएको छ ।

सम्बन्धित समाचारहरू

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...

एक यूनिट इभीमै फोर्डलाई ५८ हजार वढी डलर नोक्सान, यस्तो छ कारण

एक यूनिट इभीमै फोर्डलाई ५८ हजार वढी डलर नोक्सान, यस्तो छ कारण

अमेरीकन अटो निर्माता फोर्डको इभी यूनिट पुरै घाटामा संचालन भएको विवरण...

‘एमएडब्लु बाईब्याक’ योजनाले बढायो दिपल एस०७ प्रतिको विश्वास

‘एमएडब्लु बाईब्याक’ योजनाले बढायो दिपल एस०७ प्रतिको विश्वास

एमएडब्लु वृद्धिले केही साताअघि दिपल एस०७ आईसीएमा लागू गरेको बाईब्याक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...