सवारी साधनका हर्न अब मधुर संगीतमा
शहरहरूमा दैनिकजसो मानिस ट्राफिक जाम र हर्नको कर्कश आवाजको समस्या...
हवाई यात्रालाई थप सजिलो बनाउन विश्वभर एयर ट्याक्सीको विकास भइरहेको छ। दुबईले आगामी वर्षदेखि एयर ट्याक्सी सञ्चालन गर्ने तयारी गरिरहेको बेला चीनले पनि यस क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ। अफ्रिकामा पहिलो पटक चिनियाँ निर्मित अटोमेटिक इलेक्ट्रिक एयर ट्याक्सीले उडान भरेको छ।
चीनको ईह्याङ होल्डिङ्स कम्पनीले विकास गरेको सो ट्याक्सी एक मानवरहित इलेक्ट्रिक भर्टिकल टेक अफ र ल्यान्डिङ सवारी साधन हो। यसलाई रुवाण्डाको राजधानी किगालीमा आयोजित एभिएसन अफ्रिका शिखर सम्मेलन र प्रदर्शनीका अवसरमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा ३४ देशका प्रतिनिधिहरू सहभागी थिए। चीनको सरकारी स्वामित्वमा रहेको चाइना रोड एण्ड ब्रिज कर्पोरेशनसँगको सहकार्यमा गरिएको सो परीक्षण उडानलाई रुवाण्डाले आफ्नो हवाई यातायात क्षेत्रको भविष्यका लागि महत्वपूर्ण कदमको रूपमा लिएको छ।
चीनले कम उचाइमा उड्ने विमानलाई भविष्यको ठुलो उद्योगको रूपमा पहिचान गर्दै यस क्षेत्रमा सरकारी सहयोग बढाइरहेको छ। देशले एयर ट्याक्सी र ड्रोन प्रविधिलाई व्यावसायिक रूपमा अघि बढाउने योजनामा काम गरिरहेको छ। रिपोर्टका अनुसार, यस वर्ष मात्रै चीनको कम उचाइमा उड्ने बजारको मूल्य १.५ ट्रिलियन युआन पुग्ने अनुमान गरिएको छ।
चिनियाँ एयर ट्याक्सी केवल घरेलु बजारमै सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा पनि लोकप्रिय बन्दै गएको छ । गत जुलाईमा थाइल्यान्डको एक कम्पनीले ५०० इलेक्ट्रिक भर्टिकल टेक अफ र ल्यान्डिङ खरिद गर्न १ अर्ब ७५ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो । त्यसै महिना संयुक्त अरब इमिरेट्सका एक खरीददारले शाङ्घाई टी-क्याब टेक्नोलोजीद्वारा निर्मित ३५० विमान खरिद गर्न १ अर्ब अमेरिकी डलरको सम्झौता गरेको थियो ।
शहरहरूमा दैनिकजसो मानिस ट्राफिक जाम र हर्नको कर्कश आवाजको समस्या...
जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल...
काठमाडौं – ३० लाख भन्दा कम मूल्यमै ईभी किन्न चाहने ग्राहकलाई लक्ष्यित गरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...