चीनको सबैभन्दा सुरक्षित कार बन्याे एइटो एम८, सिंगल चार्जमा १५२८ किमी यात्रा गर्न सक्षम

चीनमा हालै सबैभन्दा सुरक्षित कारको रुपमा एइटो एम८ नामक एसयूभीलाई मान्यता दिइएको छ। यसले सी-एनक्याप क्र्यास र सुरक्षा मूल्याङ्कनमा फाइभ स्टार प्लसको उच्चतम स्कोर प्राप्त गरेको छ, जसले यसलाई २०२४ को मापदण्डअनुसार चीनको सबैभन्दा सुरक्षित कार बनाएको हो।

सी-एनक्याप अर्थात् चाइना अटोमोटिभ टेक्नोलोजी एण्ड रिसर्च सेन्टरद्वारा सञ्चालन हुने सो कार्यक्रमले यात्रु सुरक्षा, पैदल यात्री सुरक्षा र उन्नत एड्भान्स ड्राइभर असिस्टेन्स जस्ता मापदण्डका आधारमा कारको परीक्षण गर्छ। प्राप्त स्कोरलाई प्रतिशतमा परिणत गरी त्यसपछि स्टार रेटिङ दिइन्छ, जसमा “फाइभ स्टार प्लस” नै उच्चतम मानिन्छ।

एइटो एम८ ले सो मूल्याङ्कनमा ९३.७ प्रतिशत अंक प्राप्त गर्दै सबैभन्दा सुरक्षित कारको उपाधि हासिल गरेको हो। यसको ६ सिटर ईआरईभी संस्करणले एक्टिभ सुरक्षा श्रेणीमा ९६.३४ प्रतिशत अंक प्राप्त गरेको छ । यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र लाइटिङ सिस्टमलाई उत्तम मानिएको छ। सो एसयूभीले शाओमी एसयू७ सेडानलाई उछिनेको छ ।

एइटो एम८ ले पैदल यात्री सुरक्षामा पनि उच्च स्तरको प्रदर्शन गरेको छ। यसले ८६.०३ प्रतिशत अंक हासिल गरेको छ, जुन औसतभन्दा ७.३ प्रतिशत बढी हो। यस श्रेणीमा पैदल यात्रीको टाउको र खुट्टाको सुरक्षा, साथै एईबी सिस्टमको दक्षता परीक्षण गरिन्छ।

सेफ्टीका लागि यसमा ड्युअल मोटर अल ह्विल ड्राइभ सिस्टम छ जसले ५२६ एचपी पावर दिन्छ। यसमा १.५ लिटर टर्बोचार्ज्ड रेन्ज एक्सटेन्डर इन्जिन राखिएको छ। कारमा ३७ किलोवाट एलएफपी वा ५३.४ किलोवाट एनएमसी ब्याट्रीको विकल्प उपलब्ध छ जसले क्रमशः २०१ किलोमिटर र ३१० किलोमिटर रेन्ज प्रदान गर्छ। तर, रेन्ज एक्सटेन्डरसहित यस एसयूभीले १४०४ किलोमिटर देखि १५२८ किलोमिटरसम्मको यात्रा सहजै पूरा गर्न सक्छ। यही कारण यसलाई लामो दूरीका लागि सबैभन्दा सक्षम इलेक्ट्रिक क्रसओभर मध्ये एक मानिन्छ।

हुवावे र सेरेसकाे सहकार्यमा तयार गरिएको सो एसयूभी अप्रिल २०२५ मा लन्च गरिएको थियो र हालसम्म ५६ हजारभन्दा बढी युनिट बिक्री भइसकेको छ ।

सम्बन्धित समाचारहरू

साउदी अरबबाट आइएमईमार्फत पैसा पठाउँदा बीवाईडी एट्टो १ ईभी जित्ने अवसर

साउदी अरबबाट आइएमईमार्फत पैसा पठाउँदा बीवाईडी एट्टो १ ईभी जित्ने अवसर

काठमाडौं – आइएमई लिमिटेडले डिजिटल वालेट ‘टिक्मो’ मार्फत ‘आइएमई गरौं,...

दिपल एल ०७ को मूल्य ६९ लाख ९९ हजार, नेपालमा लन्चिङको प्रतीक्षा

दिपल एल ०७ को मूल्य ६९ लाख ९९ हजार, नेपालमा लन्चिङको प्रतीक्षा

काठमाडौं – नेपालमा चांगान अन्तर्गत दिपल ब्रान्डको आधिकारिक वितरक...

बीवाईडीले ल्याएको नयाँ गड्स आई चर्चामा, यस्ता छन् डिपाइलट सिस्टमका विभिन्न फिचरहरु

बीवाईडीले ल्याएको नयाँ गड्स आई चर्चामा, यस्ता छन् डिपाइलट सिस्टमका विभिन्न फिचरहरु

विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बीवाईडीले आफ्नो मुख्यालय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...