विश्व कार बजारमा चीनको हिस्सा ३५.६ प्रतिशत, अन्य देशको अवस्था के ?

विश्व कार बजारमा चीनको हिस्सा ३५.६ प्रतिशत पुगेको छ । चाइना प्यासेन्जर कार एसोसिएसनका अनुसार, वर्ष २०२५ मा विश्वभर ९ करोड ६४ लाख ७० हजार कार बिक्री भएको थियो । जसमा चीनले मत्रै ३ करोड ४३ लाख ५० हजार कार बिक्री गरेको छ । चीनले सन् २०२४ को तुलनामा ९ प्रतिशत बढि कार बिक्री गर्दै आफ्नो हिस्सा ३५.६ प्रतिशत पुर्याएको हो ।

२०२५ मा विश्वव्यापी कार बिक्री ५ ले बढेको थियो । जसमा अमेरिकाले १ करोड ६७ लाख २० हजार कार बिक्री गर्दै आफ्नो बजार १ प्रतिशत बढाएको छ भने भारतले ५५ लाख ८० हजार कार बिक्री गरेको छ । भारतको बिक्री अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले बृद्धि भएको हो ।

त्यसैगरी, जापानले ४५ लाख ६० हजार युनिट र जर्मनीले ३१ लाख ६० हजार युनिट बिक्री गरेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । रूसी बजारमा भने उल्लेखनीय गिरावट आउँदा मेक्सिकोमा वृद्धि सुस्त भइरहेको छ । जबकि अर्जेन्टिना जस्ता दक्षिण अमेरिकाका बजारहरूले राम्रो प्रदर्शन गरिरहेका छन् ।

गत वर्ष शीर्ष १० विश्वव्यापी अटोमेकरहरू मध्ये तीन चिनियाँ कम्पनीहरू सूचीमा थिए । जसमा बीवाईडी पाँचौ, जिली सातौँ र चेरी १० औं स्थानमा थिए । यी ब्रान्डको ग्लोवल मार्केट सेयर क्रमशः ५.४, ४.६ र ३.७ प्रतिशत छ । १०.८ प्रतिशत हिस्सा सहित टोयोटाले विश्व अटोबजारमा नेतृत्वदायी भुमिका निर्बाह गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...