दशैंमा रमाउनुस्, तर सुरक्षित यात्रा गर्न नबिर्सनुस्
दशैं नेपालीको जीवनमा केवल चाड मात्र होइन, भावनाको गहिरो सम्बन्ध र...
काठमाडौं - चीन र भारतलाई जोड्ने महत्वपूर्ण कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा तीन नयाँ मोटर चल्ने पुल निर्माण भई सञ्चालनमा आएका छन्। यससँगै स्थानीयवासी तथा यात्रुहरूलाई आवागमनमा थप सहजता मिलेको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका–२ स्थित मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ को छुसाङस्थित नर्सिङखोला र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा गरी तीन स्थानमा मोटरेबल पुल निर्माण गरिएको हो। यी पुल निर्माणका लागि कुल रु ३१ करोड ७८ लाख लागत खर्च भएको छ।
आयोजनाका प्रमुख ध्रुवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग पूर्ण रूपमा सम्पन्न भई सञ्चालनमा आएको जानकारी दिए। उनका अनुसार मार्फाखोलामा १२० मिटर र नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनसँग रु २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरिएको थियो।
त्यस्तै, चराङखोलामा ८० मिटर लामो पुल निर्माणका लागि विसं २०७५ असार २९ गते रु १० करोड १८ लाख लागतमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो। यी पक्की पुलहरू सञ्चालनमा आएपछि स्थानीयले जोखिमपूर्ण काठका अस्थायी पुल वा खोलाबाट जोखिम मोलेर सवारी पार गर्नुपर्ने बाध्यता हटेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्ट (राजु)ले बताए।
पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकखण्डमा हालसम्म २४ वटा मोटरेबल पुल आवश्यक पर्ने अध्ययन भएको थियो। तीमध्ये १९ वटाको ठेक्का सम्झौता भइसकेको छ भने १२ वटा पुल निर्माण पूरा भइसकेका छन्। हाल दुई पुल निर्माणाधीन छन् भने पाँच पुलको ठेक्का तोडिएको र थप पाँच वटा पुल निर्माण प्रक्रियामा रहेको आयोजना प्रमुख झाले जानकारी दिए।
वि.सं. २०७३/०७४ देखि सुरु भएको यो परियोजना हालसम्म ८४ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको छ। यस परियोजनाले नेपालको व्यापारिक तथा भौगोलिक सम्भावनालाई थप मजबुत बनाउँदै द्रुत यातायात प्रणालीलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
दशैं नेपालीको जीवनमा केवल चाड मात्र होइन, भावनाको गहिरो सम्बन्ध र...
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग...
त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...