विवाइडीको एक्सचेन्ज क्याम्प शुरु, पुरानो गाडीसंग इलक्ट्रिक कार सट्टापट्टा गर्न सकिने
विवाइडीको नेपालका लागि आधिकारिक बितरक साइमेक्स इंक प्रालिले आजदेखी लागु...
न्यू इनर्जी भेइकलको हिस्सामा निरतरको बृद्धिले चीनलाई विश्वकै दोस्रो ठूलो कार निर्यातक बनाएको छ । यस वर्षको जनवरीदेखी सेप्टेम्वर महिनासम्म निर्यात भएको कुल कारको संख्यामा चीनले जर्मनीलाई पछि पार्दै यो स्थान ओगटेको हो । सुचीको पहिलो स्थानमा जापान रहँदै आएको छ ।
नौ महिनाको यो अवधीमा चीनले कुल २१ लाख कार निर्यात गरेको चाइना एसोसिएसन अफ अटोमोवाइल म्यानुफ्याक्चरर्सले जनाएको छ । उसलाई पछ्याउँदै जर्मनीले १९ लाख कार निर्यात गरेको जर्मन एसोसिएसन अफ अटोमोवाइल इन्डष्ट्रिको भनाई छ ।
चीनमा उत्पादन भएका न्यू इनर्जी भेइकल अर्थात इभीको माग विश्वव्यापी रुपमा बढ्दै गएपछि यो उपलब्धी हाँसिल गर्न सहज भएको चाइना प्यासेन्जर कार एसोसिएसनका महासचिव सुई डोगंसुले बताएका छन् । उनका अनुुसार चीनमा उत्पादन हुने यस्ता साधन प्रविधी, मूल्य र मोडलका हिसावले उत्कृष्ट सावित भएपछि विश्वभरबाट माग हुँदै आइरहेको छ ।
चीपको विश्वव्यापी अभावका वावजुत पनि चीनका अधिकांश उद्योगहरुले उत्पादन सुचारु गर्न सकेका कारण पनि निर्यात बढेको हो । चीपको सप्लाईमा चीन सरकारले नै यस्ता उद्योगहरुलाई एथेष्ट सहयोग गर्दै आइरहेको थियो । कारको उत्पादन र निर्यात दुवै बढेपछि अटो कम्पोनेन्टका उद्योगहरु समेत फस्टाउँदै गएको र यसले देशकको अटो उद्योगको विकासमा दिर्घकालिन सहयोग गर्ने त्यहाँस्थित अटोमोवाइल क्षेत्रका विज्ञहरुले बताएका छन् ।
विवाइडीको नेपालका लागि आधिकारिक बितरक साइमेक्स इंक प्रालिले आजदेखी लागु...
काठमाडौं, नेपाल – नामी ०१ प्रिमियम ह्याचब्याकको सफलतापछि एमएडब्ल्यू...
हालै चीनमा प्रकाशित २०२४ सेन्ट्रल इन्टरप्राइज ब्रान्ड बिल्डिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...