चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण

काठमाडौं - चीन सरकारले काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिबार नेपालका लागि चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन् ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतित्थ्यमा भएको सवारी हस्तान्तरण कार्यक्रममा अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं.१७ का वडा अध्यक्ष नवीन मानन्धर लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेपालले छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेरअघि बढिरहेको बताउँदै विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकामा चिनिया सरकार र नेपाल थित दुतावासलाई आभार प्रकट गरे ।

कार्यक्रममा चिनिया राजदुत सोङले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रुपमा रहेको बताए ।

समूदायलाई चिकित्सा सेवा उपलब्ध गराउन क्लिनिकका रुपमा २०१६ सालमा स्थापना भएको क्षत्रपाटी निशुल्क चिकित्सालयले सुविधा सम्पन्न अस्पतालकै जस्तो सेवा उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा चिकित्सालयका अध्यक्ष श्रेष्ठले सवारीसाधन मात्र नभएर अन्य उपकरणहरुमा पनि चिनिया सहयोग रहने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचारहरू

ईभी मर्मतका लागि ६ महिने ‘अन द जब ट्रेनिङ’ दिदै काठमाडौं महानगरपालिका, यसरी दिनुस् आवेदन

ईभी मर्मतका लागि ६ महिने ‘अन द जब ट्रेनिङ’ दिदै काठमाडौं महानगरपालिका, यसरी दिनुस् आवेदन

काठमाडौं – इलेक्ट्रिक सवारी साधन अर्थात ईभी मर्मतका लागि काठमाडौं...

प्योर ईभीले ल्यायो १५० किमी रेन्ज दिने अर्को इलेक्ट्रिक स्कुटर ई–प्लुटो ७जी प्रो

प्योर ईभीले ल्यायो १५० किमी रेन्ज दिने अर्को इलेक्ट्रिक स्कुटर ई–प्लुटो ७जी प्रो

इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी प्योर ईभीले भारतीय बजारमा नयाँ...

सनरुफ सहित आउन सक्छ एप्पलको इलेक्ट्रिक कार, पेटेन्ट तस्विर लिक

सनरुफ सहित आउन सक्छ एप्पलको इलेक्ट्रिक कार, पेटेन्ट तस्विर लिक

आइफोन निर्माता कम्पनी एप्पलको इलेक्ट्रिक कार छिट्टै बजारमा प्रवेश गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...