हव मोटर जडान भएर आउँदै बजाज चेतक, प्लेटफर्म समेत नयाँ हुने

बजाजले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको नेक्स्ट जेनेरेशन मोडल तयार पारिरहेको छ । परिक्षणका क्रममा हालै देखिएको तस्विरअनुसार सो नयाँ मोडलमा हब–मोटर जडान भएको देखिएको छ । साथै यसको डिजाइनमा समेत केही परिवर्तन हुने आँकलन गरिएको छ ।

बजाले हब–माउन्ट गरिएको मोटर जडान गरेर चेतकलाई अझै सस्तो मूल्यामा ल्याउने तयारी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उक्त मोटर इन्ट्रि लेभल भेरिएन्टमा मात्रै उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

स्कुटरमा एकीकृत एलईडी डीआरएल, एलसीडी इन्स्ट्रमेन्ट कन्सोल र क्लियर लेन्स टेललाइ सहितको ओभल एलईडी हेडल्याम्प रहेको उपलब्ध हुनेछ । साथै, यसलाई बजाजले नयाँ प्लेटफर्मममा तयार पार्न सक्ने समेत आँकलन गरिएको छ ।

नयाँ स्कुटर धेरै ब्याट्री अप्सनमा उपलब्ध हुने र २०२६ को पहिलो त्रैमासिक आसपासमा लन्च हुने अपेक्षा गरिएको छ । चेतकको नयाँ जेनेरेशनले सस्तो मूल्यमा प्रिमियम इलेक्ट्रिक स्कुटर खरिद गर्न चाहनेलाई सजिलै आकर्षित गर्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

नयाँ वर्षमा बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसरज हुलासचन्द...

पल्सर सिरिजमा बजाजले ल्यायो १५० सीसीको अर्को मोटरसाइकल

पल्सर सिरिजमा बजाजले ल्यायो १५० सीसीको अर्को मोटरसाइकल

बजाजले पल्सर सिरिजको नयाँ बाइक पल्सर पी१५० भारतमा लन्च गरेको छ । बजाजले यो...

स्पिड फेस्ट २०२५ सम्पन्न, लन्च गरियो बजाज पल्सर एन २५०

स्पिड फेस्ट २०२५ सम्पन्न, लन्च गरियो बजाज पल्सर एन २५०

काठमाडौं – नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पिड फेस्ट २०२५ शनिबार एलिस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...