चेतक ईभीको ‘भाइब नै बेग्लै छ’ शीर्षकको आधिकारिक एन्थम भिडियो नाइमा एक्सपाेमा सार्वजनिक

काठमाडौं–चेतक ईभीले नाइमा मोबिलिटी एक्सपाे’ २०२५ मा आफ्नो आधिकारिक एन्थम ‘भाइब नै बेग्लै छ’ को म्युजिक भिडियो सार्बजनिक गरेको छ ।

लोकप्रिय गायक तथा चेतकका ब्रान्ड एम्बेसडर नितेशजंग कुँवरको प्रस्तुति रहेको यो म्युजिक भिडियो श्रावण २३ गते भृकुटीमण्डपस्थित स्टल आर३ बी, हल बीमा सार्वजनिक गरिएको हो ।

सामान्य जिङ्गल भन्दा फरक, यो एन्थमले चेतक ईभीको मुख्य सन्देश– फुल्ली लाइफप्रुपलाई परिभाषित गरेको छ । यसको आइपी ६७ रेटेड वाटर एन्ड डस्ट प्रोटेक्सन, सोलिड मेटल बडी, र स्मार्ट फिचर्सहरूले गर्दा यस नयाँ स्कुटरले सडकमा मात्र नभई संस्कृतिमा पनि छुट्टै पहिचान बनाउँदैछ ।

एक्स्पोमा चर्चा बटुलिरहेको चेतक ईभीले पर्फर्मेन्स र पर्सनालिटी दुवैको हिसाबले अहिलेको शहरी मोबिलिटीको परिभाषा नै फेरिरहेको कम्पनीको भनाई छ ।

‘चेतक ईभी कुनै साधारण स्कुटर होइन, यो स्वतन्त्रता र आधुुुनिकताको प्रतीक हो’ गोल्छा ग्रुपका मार्केटिङ प्रमुख अमितराज चलिसेले भने, ‘यो एन्थममार्फत हामी एक साँस्कृतिक परिवर्तन ल्याउँदैछौं, जहाँ मोबिलिटी संगीत र जीवनशैलीसँग जोडिन्छ । नितेशले चेतकको बोल्ड र युथफुल इनर्जीलाई जस्ताको तस्तै उतारेका छन् । ‘भाइब नै बेग्लै छ’ एन्थम मात्र होइन, यो एउटा मूभमेन्ट पनि हो ।’

बजाज अटोको ग्लोबल ईभी पोर्टफोलियो अन्तर्गतको चेतक ईभीले शिल्प र प्रविधिको अद्वितीय संयोजन प्रस्तुत गर्छ । १५३ किमि सम्मको रेन्ज मेटल बडी, इनबिल्ट नेभिगेसन, म्युजिक कन्ट्रोल र कल अलर्ट जस्ता स्मार्ट फिचरहरू र क्लासमै सबैभन्दा छिटो चार्ज हुने क्षमता सहित यो स्कुटर आधुनिक राइडरका लागि डिजाइन गरिएको हो । स्कुटरको मूल्य ३ लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजले चाँडै नै आफ्नो पहिलो सीएनजी बाइक भारतीय बजारमा ल्याउने तयारी...

पोखरामा जारी ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको भव्य डेब्यु

पोखरामा जारी ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको भव्य डेब्यु

पोखरा – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी...

बजाजले ल्यायो विश्वकै पहिलो सीएनजी बाइक, सर्बाधिक माइलेज दिने दावी

बजाजले ल्यायो विश्वकै पहिलो सीएनजी बाइक, सर्बाधिक माइलेज दिने दावी

बजाजले विश्वकै पहिलो सीएनजी बाइक लन्च गरेको छ । सो बाइकको नाम फ्रिडम १२५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...