चाइनिज ब्रान्ड प्यासेन्जर भेइकल निर्यातमा चेरीको नयाँ कीर्तिमान

नोभेम्बर महिनामा चेरी ग्रुपको सेल्स भोल्युम १ लाख ५३१ युनिट पुगेको छ, जुन १ लाख युनिट भन्दा बढी लगातार छैटौ पटकको सेल्स भोल्युम हो ।

सन् २०२२ को ११ महिनामा चेरीले ११ लाख २७ हजार २८९ युनिट कार बिक्री गरेको छ, जुन गत वर्षको भन्दा ३२.६ प्रतिशत बढी हो । इतिहासमै सबैभन्दा बढी कार बिक्री गर्न सफल कम्पनीले ७०.९ प्रतिशतले निर्यात समेत बढाएको छ । चाइनिज ब्रान्डको प्यासेन्जर भेइकल निर्यातमा कम्पनीले नयाँ रेकर्ड कायम गरेको हो ।

चाइनिज ब्रान्ड प्यासेन्जर भेइकल निर्यातमा लगातार १९ वर्ष सम्म टप पोजिसनमा रहेको चेरीले यो वर्ष आफ्नै रेकर्ड तोडेको हो । सिंगल मन्थको रेकर्डका साथै चार महिना सम्म ५० हजार युनिट भन्दा बढी निर्यात समेत गर्न कम्पनी सफल भएको छ ।

चेरीÞद्वारा उत्पादन गरिएका सवारी साधनको विश्वसनियताका कारण यो सम्भव भएको कम्पनीको भनाइ छ । सात सिटर चेरी टिग्गो ८ प्रो यो वर्ष ब्राजिलमा मात्र १ लाख ७१ हजार युनिट भन्दा बढी बिक्री भएको छ । त्यसैगरी कतार र मध्य पूर्वी देशहरुमा १ लाख ४६ हजार युनिट भन्दा बढी बिक्री भएर चेरी टिग्गो ७ प्रो यो सेगमेन्टको सबैभन्दा बढी बिक्री हुने कार बनेको छ ।

नेपाली बजारमा पनि चेरी टिग्गो ४ प्रो, टिग्गो ७ प्रो र टिग्गो ८ प्रो उपलब्ध छन् । चेरी टिग्गो ४ प्रो एमटीको मूल्य ४६ लाख २० हजार, सीभीटीको मूल्य ५३ लाख ९९ हजार र सीभीटी टर्बोको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ छ ।

त्यसैगरी चेरी टिग्गो ७ प्रोको मूल्य ७४ लाख ९९ हजार र टिग्गो ८ प्रोको ९९ लाख ५० हजार रुपैयाँ छ ।

नेपाली बजारमा एसपीजी अटोमोबाइल्सले चेरीका गाडी बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

फिचर थप र मूल्य कम भएर आयो रेनो काइगरको आरएक्सटी(अप्सनल) भेरिएन्ट

फिचर थप र मूल्य कम भएर आयो रेनो काइगरको आरएक्सटी(अप्सनल) भेरिएन्ट

रेनोले काइगरको आरएक्सटी(अप्सनल) भेरिएन्टमा फिचर थप गरेको छ । कम्पनीले यो...

रेनोले डस्टर एसयूभीको नेक्स्ट जेनेरेसन मोडल ल्याउदै

रेनोले डस्टर एसयूभीको नेक्स्ट जेनेरेसन मोडल ल्याउदै

रेनोले लोकप्रिय एसयूभी डस्टरको नेक्स्ट जेनरेसन मोडल र नयाँ ७ सिटर एसयूभी...

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...