नाइमा मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ, लिपमोटर बी०३एक्सको माग उच्च
काठमाडौं – नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स...
काठमाडौं - भृकुटीमण्डपमा हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीसाधनहरूप्रति ग्राहकहरूको उल्लेख्य आकर्षण देखिएको छ । चेरी वान्डाको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिका अनुसार एक्स्पो अवधिभर उत्साहजनक सहभागिता रहनुका साथै विभिन्न मोडलका लागि सयौँको संख्यामा बुकिङ प्राप्त भएको छ ।
‘मेहेनती हातको विश्वासिलो साथ’ भन्ने नाराका साथ चेरी वान्डाले एक्स्पो अवधिभर आफ्ना ग्राहकहरूलाई लक्षित गरी बिना धितो हायर पर्चेज सुविधा उपलब्ध गराएको थियो । यस वित्तीय सुविधाले विशेष गरी व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने उद्यमी तथा व्यवसायीहरूलाई थप सहज र प्रोत्साहन मिलेको कम्पनीको भनाई छ ।
एक्स्पोको हल डी स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारीहरू प्रदर्शनीमा राखिएका थिए । विशेषगरी मन्टेश्वरी स्कुल सञ्चालकहरूले ११ र १२ सिटर गाडीप्रति चासो देखाएका थिए भने होटल तथा ट्राभल एजेन्सी व्यवसायीहरूले १६ सिटर विद्युतीय सवारीमा विशेष रुचि देखाएका थिए ।
कम्पनीले मोडलअनुसार बुकिङको छुट्टाछुट्टै तथ्यांक सार्वजनिक नगरे पनि समग्रमा उत्साहजनक प्रतिक्रिया र उल्लेख्य बुकिङ प्राप्त भएको पुष्टि गरेको छ । चेरी वान्डाको स्टल अवलोकन, जानकारी प्राप्त तथा बुकिङ गर्ने सम्पूर्ण ग्राहक, व्यवसायी र शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गर्दै जगदम्बा मोटर्सले आगामी दिनहरूमा पनि बजारको आवश्यकता र अपेक्षाअनुसार गुणस्तरीय एवम् भरपर्दो विद्युतीय सवारी उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...