नयाँ अवतारमा आउँदै चेरी क्यूक्यू

चिनियाँ अटो निर्माता चेरीले आफ्नो सानो कार क्यूक्यू सिरिजलाई ११ वर्षपछि पुन उत्पादन थाल्ने भएको छ । अव आउने चेरी क्यूक्यूलाई कम्पनीले पुरै नयाँ लुक्स र डिजाइनमा तयार पार्न लागेको हो ।

सन् २०१४ सम्म राम्रै चर्चा पाएको क्यूक्यू नयाँ अवतारसहित आउन लागेको जनाँउ दिँदै कम्पनीले यसको कन्सेप्ट समेत सार्बजनिक गरिसकेको छ । अर्को महिना आयोजना हुने सांघाई अटो शोमा यसको नयाँ भर्सन लन्च हुने अनुमान गरिएको छ ।

कुनै समय नेपाली बजारमा समेत उपलब्ध क्यूक्यू३ चीनमा पहिलोपटक सन् २००३ मा लन्च भएको थियो । त्यसपछिको ११ वर्षमा यो कार चिनमा १४ लाखभन्दा बढी यूनिट बिक्री भएको थियो । कम्पनीले पछि क्यूक्यू६ र क्यूक्यू मी मोडल समेत लन्च गरेको थियो । त्यतिबेल यसको मूल्य चीनमा ४ हजार डलर हाराहारी तय गरिएको थियो ।

चेरी क्यूक्यूको नयाँ भर्सन आधुनिक र सुबिधासम्पन्न हुने जनाइएको छ । कारमा उपलब्ध हुने पावरट्रेन, फिचर र अन्य विशेषताहरु भने हालसम्म सार्बजनिक गरिएको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...