अमेरिकामा हाइब्रिड गाडीको बिक्रीमा तीव्र वृद्धि, कर छुट हटेपछि ईभी बजारमा धक्का
काठमाडौं–इन्धनको बढ्दो मूल्यका वावजुत अमेरिकी उपभोक्ताहरू विद्युतीय...
काठमाडौं–काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपोमा एसपीजी अटोमोबाइल्स प्रालिले दुई नयाँ कार ‘चेरी क्यू’ र ‘आईकार भी२७’ लन्च गरेको छ । चेरीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले चेरी ब्रान्डमा पहिलोपटक विद्युतीय कार नेपाल ल्याएको हो भने आईकार भी२७ समेत सोही ब्रान्ड मातहतको प्रिमियम हाइब्रिड एसयूभी हो ।
चेरी क्यू कम्फर्टको मूल्य ३४ लाख ४९ हजार र प्रिमियमको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर नाइमा स्पेसल अफरको रुपमा यी दुई भेरिएन्टको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी आईकार भी२७ को मूल्य १ करोड ८० लाख रुपैयाँ तोकिएको छ ।

विश्वप्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड २०२५’ र ‘आईएफ डिजाइन अवार्ड २०२६’ विजेता चेरी क्यमा ४१.२ किलोवाट आवर ब्याट्री र ९० किलोवाट क्षमताको मोटर जडान गरिएको यो अर्बन क्रसओभरले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । रियर ह्विल ड्राइभ प्लेटफर्ममा बनेको यस कारमा आधुनिक युनिक लाइटिङ सिस्टम र लक्जरी इन्टेरियर समावेश छ ।
त्यस्तै, चेरी अटोमोबाइल ग्रुपकै अर्को सहायक ब्रान्ड आइकारको भी–२७ हाइब्रिड अफरोड एसयूभीमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र ३४.३ किलोवाट आवर ब्याट्री जडान गरिएको छ । ईआरईभी प्रविधिको यो गाडीको कुल रेन्ज १,२०० किलोमिटर हाराहारी छ । यसको अल–ह्विल ड्राइभ मोडलले ३३५ किलोवाट पावर र ५०५ एनएम टर्क जेनेरेट गर्दछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...