यसरी लिन सकिन्छ १८ महिने किस्तामा सबैभन्दा सस्तो पल्सर

नेपाली बजारमा उपलब्ध पल्सर सिरिजका बाइक मध्ये बजाज पल्सर १२५ सबैभन्दा सस्तो बाइक हो । यसको मूल्य २ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

नेपालमा बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजका बाइक बिक्री–वितरण गरिरहेको छ । हाल शून्य प्रतिशत ब्याजदरमा १८ महिना सम्म किस्ता तिर्न सकिने गरी बाइक किन्नका लागि स्किम उपलब्ध छ । यसो गर्दा शुरुमा ५० प्रतिशत रकम भने डाउन पेमेन्टको रुपमा बुझाउनु पर्छ ।

यो स्किम अन्तर्गत बजाज पल्सर १२५ किन्न चाहनेले शुरुमा ५० प्रतिशत डाउन पेमेन्टको रुपमा १ लाख १७ हजार ४५० रुपैयाँ बुझाउनु पर्छ । पहिलो चरणमा फारमका लागि ३५० रुपैयाँ, फुल इन्स्योरेन्सको लागि ६ हजार ३ सय रुपैयाँ र सर्भिस चार्ज वापत ५ हजार ५ सय रुपैयाँ पनि बुझाउनु पर्छ ।

त्यसैगरी पहिलो पटक बाइक किन्दा नै पहिलो किस्ता रकम पनि बुझाउनु पर्छ । १८ किस्ताको दरले बाँकी रकमलाई हिसाब गर्दा प्रत्येक महिना ६ हजार ५२५ रुपैयाँ बुझाउनु पर्छ । यो रकम समेत पहिलो चरणमै बुझाउनु आवश्यक छ ।

यसो हुँदा शुरुमा ५० प्रतिशत डाउन पेमेन्ट, माथि उल्लेखित विभिन्न शुल्क र पहिलो किस्ताको रकम समेत गरी जम्मा १ लाख ३६ हजार १२५ रुपैयाँ बुझाउनु पर्छ । यति रकम हुनेले शुरुमै बाइक आफ्नो घरमा लैजान सकिन्छ ।

यसरी ५० प्रतिशत रकम तिरेर किस्ता बुझाउनका लागि भने केही कागजात बुझाउनु आवश्यक हुन्छ । कम्पनीका अनुसार बाइक किन्ने ग्राहकले आफ्नो नागरिकता, लाइसेन्स, आयस्रोत, ३ महिना पहिले देखिको बैंक ब्यालेन्स र आफ्नो फोटो बुझाउनु आवश्यक छ ।
त्यसैगरी साक्षी बस्ने ब्यक्तिको नागरिकता, घरको लालपुर्जाको फोटोकपि, विद्युतको बिल र फोटो समेत बुझाउनु अनिवार्य छ ।

यति प्रक्रिया पुरा गरे पछि बजाज पल्सर १२५ आफूले प्रयोग गर्ने गरी आफ्नो बनाउन सकिन्छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...