महिन्द्रा एक्सयूभी ४०० ईभीको मूल्य ५२ लाख ५० हजार, बजेट पश्चात औपचारिक जानकारी गराइने
काठमाडौं – महिन्द्राका इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...
ग्लोबल एनक्यापले भारतमा गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको महिन्द्रा एक्सयुभी ३०० यो सेग्मेन्टमै सबैभन्दा सुरक्षित एसयुभीका रुपमा दर्ज भैसकेको छ । कम मूल्यमै खरिद गर्न सकिने यो एसयुभीमा कम्पनीले ६ वटासम्म एयर व्याग दिएको छ ।
नेपाली बजारमा उपलब्ध प्राय ७० लाखभन्दा बढी मूल्य पर्ने एसयुभीमा मात्र ६ वटा एयर व्याग दिइएको पाइन्छ । तर महिन्द्राले भने आफ्नो सब कम्प्याक्ट एसयुभी एक्सयुभी ३०० को डब्लू ८(ओ) भेरियन्टमा समेत ६ वटा एयर ब्याग दिएको हो । यो एसयुभी १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहँदै आएको छ । यी दुबै इन्जिनको डब्लू ८(ओ) भेरियन्टमा ६ वटा एयर ब्याग दिइएको छ ।
यी एसयुभीको मूल्य नेपाली बजारमा १.२ लिटर पेट्रोलको ५६ लाख ५० हजार र १.५ लिटर डिजेलको ५७ लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यति कम मूल्यमा ६ वटा एयर व्याग भएको एसयुभी अन्य ब्रान्डसंग रहेको पाइदैन ।
यो एसयुभीमा किलेस इन्ट्री, पुश वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार प्ले, एन्ड्रोइड अटो, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर-याप स्टेयरिङ्ग ह्वील र गियर–नोभ, कन्ट्रोल, रिभर्स पार्किङ्ग क्यामेरा गाइडलाइन, सिक्स–वे एड्जस्टेबल ड्राइभर सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता दिइएको छ ।
यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बीएन्ट इन्टेरियर लाइटिङ्ग, वान–टचअप डाउन ड्राइभर साइड विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिश फ्रन्ट एन्ड रियर स्किड प्लेट दिइएको छ ।
काठमाडौं – महिन्द्राका इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...
महिन्द्राको थार गाडीको ठूलो क्रेज छ । महिन्द्राले अब थारको इलेक्ट्रिक...
भारतको सबैभन्दा ठूलो एसयूभी उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्राले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...