५ महिनामा नेपाल भित्रिए झण्डै ४ अर्ब बराबरको १३५३ युनिट विद्युतीय गाडी
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा १३५३ युनिट विद्युतीय...
भारतमा सबैभन्दा सस्तो इलेक्ट्रिक कार लन्च भएको छ । मुम्बईस्थित ईभी स्टार्टअप कम्पनी पीएमभीले पहिलो स्मार्ट माइक्रो कार लन्च गरेको हो ।
पीएमभी इलेक्ट्रिकले सो कारको नाम ईएसएस–ई राखेको छ । यसको मूल्य ४ लाख ७९ हजार भारु तोकिएको छ । नानो आकारको सो ईभी भारतकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार बनेको छ ।
पहिलो १० हजार ग्राहकका लागि मात्र लागू हुने सो मूल्य सार्वजनिक हुनु भन्दा पहिले नै ६ हजार युनिट बुकिङ भइसकेको छ । अब सो कम्पनीको वेबसाइटबाट यसको बुकिङ गर्न सकिन्छ ।
सिंगल चार्जमा १२०, १६० र २०० किलोमिटर रेन्ज दिने बताइएको सो कारमा तीन ब्याट्री विकल्प रहेका छन् । ४८ भोल्ट लिथियम आइरन फस्फेट ब्याट्रीलाई ४ घण्टा भन्दा कम समयमै चार्ज गर्न सकिन्छ । कुनै पनि १५ एम्पियर आउटलेबाट चार्ज गर्न सकिने सो कारका लागि कम्पनीले ३ किलोवाटको एसी चार्जर पनि दिन्छ । यसले अधिकतम १३ एचपी पावर र ५० एनएमको टर्क जेनेरेट गर्छ । यसले ७० किलोमिट प्रतिघण्टाको अधिकतम स्पिड दिन्छ भने ५ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन्छ ।
१७० एमएमको ग्राउन्ड क्लियरेन्स भएको यो कारमा सर्कुलर हेडल्याम्प छ भने कारको पुरै चौडाईमा फैलिएको एलईडी लाइट बार छ ।
यसमा डिजिटल इन्फोटेनमेन्ट सिस्टम, यूएसबी चार्जिङ पोर्ट, एयर कन्डिसनर, रिमोट किलेस इन्ट्री, रिमोट पार्क असिस्ट, क्रुज कन्ट्रोल आदि फिचर छ । सबै यात्रुका लागि एयरब्यागका साथै सिटबेल्ट पनि छ ।
यसैगरी विभिन्न राइडिङ मोड, ब्लुटुथ कनेक्टिभिटी, अनबोर्ड नेभिगेसन, कनेक्टेड स्मार्टफोन कल कन्ट्रोल आदि फिचर छन् ।
नेपालमा भने यो कार तुरुन्तै उपलब्ध हुने सम्भावना छैन । एक स्टार्टअप कम्पनीले सार्वजनिक गरेको र यसको आधिकारिक वितरक अहिले नेपालमा नभएकाले नेपाली बजारमा सो कार तत्काल उपलब्ध हुने सम्भावना नभएको हो ।
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा १३५३ युनिट विद्युतीय...
आज अर्थात सेप्टेम्वर ९ लाई विश्व ईभी दिवसका रुपमा मनाइदै छ । सन् २०२० मा...
काठमाडौं – नेपाली बजारमा कोमाकी ईभी भित्रिएको एक वर्ष पुरा भएको छ । कोमाकी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...