बागमती प्रदेश सरकारद्वारा उपलब्ध गराइयो चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा

वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ ।

आगामी २०७९ साल जेठको तेस्रो हप्तादेखि उक्त बस सञ्चालन गर्न हेटौँडास्थित वाग्मती प्रदेश यातायात व्यवस्थापन बोर्डलाई काठमाडौँको बसपार्क, चितवनको भरतपुर बसपार्क, नुवाकोटको विदुर बसपार्क र मकवानपुरको हेटौँडा बसपार्कमा विद्युतीय चार्जिङ स्टेशन निर्माणका लागि सरकारले आवश्यक जग्गा उपलब्ध गराएको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिकाको बेलटार, काभ्रेको धुलिखेल र सिन्धुलीको बसपार्कमा जग्गा उपलब्ध गराउन कानुनी प्रक्रिया पूरा भइसकेको बोर्डका कार्यकारी निर्देशक जगदिशप्रसाद ढुङ्गानाले जानकारी दिए ।

आगामी भदौ मसान्तभित्रमा काठमाडौँलगायत छ वटा बसपार्कमा विद्युत् चार्जिङ स्टेशन निर्माण गरिने भएको छ । विद्युतीय बस सञ्चालनका बोलपत्र आह्वान गरिएकामा अहिले दुईवटा अन्तर्राष्ट्रियस्तरको बोलपत्र दर्ता भएको र हाल बोलपत्रको मूल्याङ्कन भइरहेको बोर्डका कार्यकारी निर्देशक ढुङ्गानाले बताए ।

उनका अनुसार सरकारी निकायसँग समन्वय गरेर विद्युतीय बस खरीद प्रक्रियालाई पारदर्शी र निष्पक्षताका साथ सार्वजनिकरण गरिनेछ ।

तीसवटा बस खरिद गरिनेमा २० वटा काठमाडौँ उपत्यकामा र १० वटा उपत्यकाबाहिर सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । सर्वसाधारणले उक्त बसमा यात्रा गर्दा ज्यादै न्यून भाडा तिनुपर्ने जनाइएको छ । रासस

सम्बन्धित समाचारहरू

टेस्ला र बीएमडब्ल्युको प्रतिस्पर्धी बन्न फक्सवागन आईडी एरो आउने, सिंगल चार्जमा ६२० किमी चल्ने

टेस्ला र बीएमडब्ल्युको प्रतिस्पर्धी बन्न फक्सवागन आईडी एरो आउने, सिंगल चार्जमा ६२० किमी चल्ने

फक्सवागनले नयाँ इलेक्ट्रिक कार फक्सवागन आईडी एरोको कन्सेप्ट भर्सन...

वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

ओमोडा नेपालले इलेक्ट्रिफाइङ कस्टमरका लागि आयोजना ग-यो इनोभेसन तथा फन कार्यक्रम

ओमोडा नेपालले इलेक्ट्रिफाइङ कस्टमरका लागि आयोजना ग-यो इनोभेसन तथा फन कार्यक्रम

काठमाडौं – ओमोडा नेपालले आफ्नो ‘वेटिङ क्यान बी फन’ कार्यक्रम सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...