लीपमोटरको ग्लोबल मिटमा सांग्रिला मोटर्सले जित्यो उत्कृष्ट वितरकको पुरस्कार
काठमाडौं– लीपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स...
काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको थापाथली क्याम्पसले कीर्तिपुरमा इलेक्ट्रिक सवारी साधन चार्जिङका लागि आवश्यक चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । हाल काठमाडौंको थापाथलीमा अवस्थित सो क्याम्पस कीर्तिपुरमा स्थानान्तरण हुने भएको र त्यही नै चार्जिङ स्टेसन समेत निर्माण गरिने भएको हो ।
काठमाडौंमा हिजो सम्पन्न ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ विषयको अन्तरक्रिया कार्यक्रममा थापाथली क्याम्पसका असिस्टेन्ट प्रोफेसर लोचन केन्द्र देवकोटाले सो जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणको सहकार्यमा निर्माण गरिने सो चार्जिङ स्टेसन स्थापनाका लागि आवश्यक कार्य अगाडि बढेको छ । पहिलो चरणमा करिव ५० चार्जिङ स्टेसन निर्माण गरिने बताइएको छ । यस अनुसार पहिलो १२ स्टेसन निर्माणको कार्य छिट्टै नै सुरु हुनेछ ।
थापाथली क्याम्पसले हाल अटोमोबाइल र मोबिलिटीका लागि विभिन्न कार्य गरिरहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिइने उनले बताए ।

सो अवसरमा क्याम्पसले गरिरहेको विभिन्न कार्यका वारेमा उनले जानकारीमूलक सामग्री प्रस्तुत गरेका थिए ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा देश विदेशका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी २०२५ दुई दिन गरी हिजो सम्पन्न भएको थियो ।
काठमाडौं– लीपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स...
काठमाडौं – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...
टेक जायन्ट हुवावे र चीनको प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...